ताजा समाचार

विचार/अन्तर्वार्ता

सबै पक्षलाई समेटेर विकास र समृद्धिको पक्षमा अघि बढ्ने प्रदेश नम्बर १ का मुख्यमन्त्री राईको प्रतिवद्धता

image not found

५, फागुन,

सभासद एवं पूर्वसञ्चारमन्त्रीको अनुभव लिइसकेका युवानेता शेरधन राईले औपचारिक रुपमा मुख्यमन्त्रीको कार्यभार सम्हालेकाछन्

मुख्यमन्त्री शेरधन राई  प्रदेश एकको मुख्य चुनौती के हो ? भ्रष्टाचार हो कि आपसमा खुट्टा तान्ने खुराफाती प्रवृति हो ?

जवाफमा मुख्यमन्त्री राईले भ्रष्टाचार पहिलो खुराफाती प्रवृत्ति दोस्रो समस्यामा रुपमा रहेको बताए उनले आफू खुराफाती प्रवृत्तिबाट सचेत रहेको प्रदेश मा भ्रष्टाचारीलाई नछाडिने बताए

प्रदेशको राजधानीका विषयमा भने मुख्यमन्त्री खासै खुल्न चाहेनन् तर, उनले सबै पक्षलाई समेटेर विकास समृद्धिको पक्षमा अघि बढ्ने प्रतिवद्धता जनाए उनले आफूसँग जनताले डराउनुपर्ने खुट्टा तान्नुपर्ने कुनै कारण नरहेको बताए । भोजपुरबाट निर्वाति राई एमालेका एक अनुभवी र विकासप्रेमी नेताको रुपमा चिनिन्छन यसैविषयमा अनलाईनखबरले लिएको  अन्तर्वार्ता को  केहि अशं हामी प्रस्तुत गर्दैछौ

प्रदेशको मुख्यमन्त्री बन्नुभयो, तर मुख्यमन्त्रीको स्थायी कार्यालय नै कहाँ रहने भन्ने विवाद अब प्रष्ट भन्न मिल्छ होला नि, प्रदेशको राजधानी कहाँ बनाउनुहुन्छ ?

हो, हिजो मात्रै मैले मुख्यमन्त्री नियुक्त भएकोछु । जहाँसम्म स्थायी राजधानीको कुरा छ, हामी यो विषयमा प्रवेश गर्छाैं नै । र, निर्णयमा पुग्छौ नै । तर, यसको अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभाको दुईतिहाई बहुमतले राख्छ । हामी विषयमा प्रवेश गरेपछि उपयुक्त ढंगले राजधानी तोक्छौं ।

तपाई पार्टीभित्रै सर्वसम्मत दलको नेता चयन हुन सक्नुभएन झिनो बहुमतले संसदीय दलको नेता छानिनुभएको आफ्नै पार्टीका नेताले खुट्टा तान्ने डर कत्तिको ? यस्तो अवस्थामा आफ्ना विपक्षीहरुलाई कसरी समेट्नुहुन्छ ?

हो, सर्वसम्मत रुपमा दलको नेता चुन्ने कोशिस हामीले गर्‍यौं। तर, सकेनौं । त्यसैले लोकतान्त्रिक विधि र प्रकियाबाट म दलको नेतामा निर्वाचित भएको छु । मेरो खुट्टातान्नु पर्ने र डराउनुपर्ने कुनै कारण मैले देखेको छैन । मेरो सम्पूर्ण ध्यान सबैको भावनाको समान दृष्टिबाट प्रतिनिधित्व गर्ने, पार्टी प्रतिष्ठा र सिंगो देशको प्रतिष्ठालाई शीरमा राखेर प्रदेश नं १ लाई विकास र समृद्धिका हिसाबमा नमूना बनाउने कुरामा केन्द्रित हुनेछ ।

प्रदेश सरकार कस्तो बनाउने ? माओवादीले मन्त्रीहरु आफैं छानेर पठाउँछ कि तपाईको रोजाइअनुसार पठाउन आग्रह गर्नुहुन्छ ?

प्रदेश सरकार सकेसम्म सानो बनाउने सोच छ । किनभने हामी छरितो, चुस्त र गतिशील ढंगबाट काम गर्न चाहन्छौं । माओबादी केन्द्रले मन्त्रीहरु आफैं पठाउँछ, तर आजको युग, समय अनि विकास र समृद्धिको गतिमा फटाफट हिँड्न र काम गर्न सक्ने पठाउनुपर्छ

 

प्रदेश एकको मुख्य चुनौती के हो ? भ्रष्टाचार हो कि आपसमा खुट्टा तान्ने खुराफाती प्रवृति हो ? दुई खराबीमध्ये कुन बढी ?

मैले प्रदेश नं १ लाई भ्रष्ट्राचारमुक्त प्रदेश बनाउने कुरा गरिसकेको छु । मेरो नेतृत्वको सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको आधारमा सुशासन कायम गर्नका लागि कठोर कदम चाल्नेछ । यो सवालमा कसैसँग सम्झौता हुँदैन र कसैलाई छोड्ने काम हुनेछैन !

तपाईहरुले सोध्नुभएका दुई चुनौतीमध्ये भ्रष्टाचार नै मुख्य हो । र, खुराफाती प्रवृत्ति पनि रहनेछ, यसमा म सचेत छु ।

यो प्रदेशमा नेपाली कांग्रेस प्रतिपक्षमा लिम्बुवान मधेसी दलहरु पनि छन्, उनीहरुसँग कस्तो व्यवहार गर्नुहुन्छ ?

म सबै दलहरुलाई समेटेर समान व्यवहार र हार्दिकताका आधारमा समग्र प्रदेशको विकास र समृद्धिमा वहाँहरुलाई लिएर जान चाहन्छु ।

मुख्यमन्त्रीमा नियुक्त भइरहँदा प्रदेश का जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

पहिलो भ्रष्टाचार मुक्त प्रदेश, दोस्रो सामाजिक सुरक्षा र सम्मानको ग्यारेन्टी, सुशासन कायम, पूर्वाधार विकासमा तिब्र जोड, कृषि, पर्यटन, जलश्रोत, उद्योगलाई मुख्य आधार बनाएर प्रदेश नं १ लाई समृद्ध नमूना प्रदेश बनाउने मेरो एकमात्र लक्ष्य र उद्देश्य हो, यसमा साथ र सहभागिताका लागि सबैमा मेरो हार्दिक अपील छ !                                                                                                                                                                                                                                                                                                                                   साभार- अनलाईनखबर

 

 

 

 

फेसबूक