ताजा समाचार

खेलकुद/मनोरञ्जन

रोङमा सुबिधा सम्पन्न कबर्ड हल बनाउने रोङ गाउपालिकाकी उपाध्यक्ष राइको भनाइ

image not found

गणेश अर्याल

इलाम रोङ साउन १२

इलामको रोङ गाउपालिका ३ कुटिडाँडामा गुरुपुर्णिमाको अवसरमा सितेरियो प्रशिक्षकहरुले गुरुपुजा कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दैसितोरियो करातेका राष्ट्रिय प्रशिक्षक एव रोङ गाउपालिका इलामकी उपाध्यक्ष चन्द्रकला राईले आगामी बर्ष गाउपालिकामा सुबिधा सम्पन्न कबर्ड हल बनाउने बताइन ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष राईले यसै बर्ष नक्सा डिजाइन तयार गरिने र आगामी बर्ष हल बनाउने तयारी भइरहेको बताएकी छिन । ‘सितेरियो करातेमा रोङ गाउपालिकाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नाम राख्न सफल भएको बताउदै उपाध्यक्ष राईले सम्बोधन गर्ने क्रममा भनिन—‘क्षेत्रीय देखि अन्तरराष्ट्रिय प्रतियोगिता सम्ममा पदक पाउने खेलाडीहरुलाई रोङको गहना सम्झी सम्मान र थप अवसर प्रदान गरिने छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सितेरियो करातेका अन्तरराष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले बिश्व एड्भान्स भइरहेको अवस्थामा हामीले खुल्ला चउर प्रशिक्षण गरिरहनु परेको दुखेसो सुनाए  । ‘सितेरियो कराते कै कारणले नेपाललाई जिल्ला देश बिदेशमा चिनाउन सफल सफल भएको अन्तरराष्ट्रिय प्रशिक्षक चाम्लिङको भनाई छ । प्रशिक्षक राईले जिल्ला स्तरीय राष्ट्रपति प्रतियोगितामा यस बर्ष रोङ गाउपालिका पहिलो भएको पनि जानकारी गराएका छन् ।

कतारमा अन्तरराष्ट्रिय महिला प्रशिक्षकको रुपमा काम गरिरहेकी शुस्मिता निरौलाले खेल संग सगै अध्ययनमा पनि ध्यान दिनु पर्ने बताइन । निरौला बिगत २ बर्ष देखि कतारमा प्रशिक्षकको रुपमा काम गरिरहेको सुस्मिता निरौला २ महिनाको बिदामा घर आएकी हुन । गुरुपूर्णिमामा रितोरियो करातेका अन्तरराष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले सबै खेलाडीहरुलाई अनुसासन र खेल प्रगतिको आर्शिबाद प्रदान गरे । यसैगरी अन्य खेलाडीहरुले पनि गुरुहरु तथा अन्य अतिथिहरुमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा रोङ गाउपालिका ३ का वडा अध्यक्ष मात्रिका बराल सदस्यहरु प्रेमराज गुरुङ, योगमाया सुनुवार, इन्दिरा सिलवाल लगायतको आतिथ्यता रहेको थियो । खेलाडी प्रशिक्षक स्थानीय बासी लगायतको उत्सह जनक उपस्थितिमा गुरुपुजा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम ताराकुमार राईको सञ्चालन र सितेरियो कराते कुटिडाडा डोजोका अध्यक्ष रोहित गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

फेसबूक