ताजा समाचार

खेलकुद/मनोरञ्जन

आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने

विर्तामोड । आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने भएको छ ।

अघिल्लो वर्ष झापा अवार्डको आयोजना गरेको खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा अवार्ड हुन लागेको खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीले बताए ।मञ्चले यसपटक छ वटा विधामा अवार्ड वितरण गरिने जनाएको छ ।

उत्कृष्ट प्रतिभाले २५ हजारका दरले पुरस्कार पाउने मञ्चका सचिव पर्वत पोर्तेलले बताए । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर पुरस्कार दिइनेछ । ती दुई पुरस्कार झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङले दिने घोषणा गरे । यस वर्षका लागि १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको तामाङले जानकारी दिए ।
अवार्ड वितरणका लागि मूल आयोजक समितिसहित विभिन्न नौ वटा उपसमिति गठन गरिएको छ । मञ्चले पत्रकार सम्मेलन गरी अघिल्लो वर्षको हिसाव पनि सार्वजनिक गरेको छ । मञ्चका कोषाध्यक्ष बुद्ध तामाङका अनुसार पहिलो कार्यक्रमबाट ७७ हजार रुपैयाँ बचत भएको छ ।

 

फेसबूक