ताजा समाचार

खेलकुद/मनोरञ्जन

ताप्लेजुङमा तेस्रो पाथीभरा गोल्डकप शुरु पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी

ताप्लेजुङमा शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।

खेलको पहिलो हाफमा रेडहर्सका सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो । निरोज बस्नेत खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा भइरहेको छ । आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाडाँै र भारतका समेत १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले दुई तोला सुन र पाँच किलो चाँदी जडित रनिङ कपसहित तीन लाख एक हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विशेष समारोहबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गरे ।

फेसबूक