ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

सूयोदयनगररपालिका निषेधित बिषादी मुत्त नगर तथा प्राङगारीक नगर बनाउने अभियानमा

image not found

राज कुमार दहाल ÷असोज इलाम फिक्कल

सूयोदयनगररपालिकाले नगरलाई निषेधित बिषादी मुत्त नगर तथा प्राङगारीक नगर बनाउने अभियानलाई तिब्रता दिएको नगरको यहि नितिलाई साकार बनाउन हाल नगरले गाउँगाउमा प्राङगारीक कृषि प्रर्वदन अभियान तथा निषेधित बिषादी प्रयोग बिरुद्ध सचेतना अभियान गरीरहेको  यसैबिच आज सूर्योदयनगरपालिका वडा नम्बर १३ १४ मा सयुत्तरुपमा कार्यक्रम आयोजना गरीएको बिषादी प्रयोगले मानव श्वास्थ्य वातावरणमा के हानी गर्छ किन प्राङगारीक खेति आवस्यक रासायनीय पदार्थले मानव स्वाथ्यमा कस्तो प्रभाव पार्छ भन्ने बिषयमा सहजिकरण गरीएको थियो वडा नम्बर १४ को सभाहलमा सम्पन्न कार्यक्रममा वडा १३ १४ का १०० बढि स्थानीयको सहभागिता रहेको थियो

वडा नम्बर १४ का वडा अध्यक्ष नरबहादुर सुबेदीको अध्यक्षता तथा सूर्योदयनगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वडा का वडा अध्यक्ष तथा आर्थिक विकास समिति सयोंजक  देबेन्द्र शर्मा वडा १३ का वडा अध्यक्ष धन बहादुर राई  पशुसेवा केन्द्रका बिपिन सिहं लगायतको उपस्थीतिमा भएको कार्यक्रममा कृषि बिज्ञ ज्योति अधिकारी , चिया बिज्ञ सोनाम लामा , डाक्टर दिवस सुनुवारले स्रोत व्यत्तिको रुपमा सहजिकरण गर्नु भएको थियो

कार्यक्रममा नगरप्रमुख राईले घातक बिषादीको प्रयोग अन्तय गर्दै प्राङगारीक कृषि तर्फ उन्नमुख हुन सके नगरको दिगो विकासमा कोशेढुङगा  सावित हुनेमा जोड दिदै नगरले कृषिलाई बिशेष प्राथामित्ता दिएको बताउनु भयो चिया दुध लगायत सबै कृषिका उपजहरुलाई कसरी बजारीकरण गर्ने कसरी उच्च मुल्य दिलाउने कसरी गुणष्तरीय उत्पादन गर्ने भन्नेमा नगर गभिंर रहेको उल्लेख गर्दै नगर सधै नगरबासी कृषक सगँ हातेमालो गरेर अगाडी बढने स्पस्ट पार्नु भयो

डाक्टर दिवसले घातक बिषादीको प्रयोग रासायनीक मलको प्रयोगले दिनप्रतिदिन मानव श्वास्थ्यमा असर पारीरहेको तथा यसले क्रमश प्राणघातक रोगहरु मृगौला मुटु रोग क्यान्सरको जोखिम उच्च बनाईरहेको भन्दै यसको प्रयोग घटाउदै जानु पर्नेमा जोड दिनु भयो यता कृषि बिज्ञ ज्योति अधिकारी तथा सोनाम लामाले प्राङगारीक कृषितर्फ अग्रसर बन्न नसके हाम्रो खाद्यन्न मानव स्वास्थ्यको लागि उपयुत्त नहुने यसले मानव स्वास्थ वाताबरण माटो सबैमा असर पुराउने जानकारी गराउदै सबै भन्दा उत्तम बिकल्प प्राङगारीक कृषि भएकोले यसतर्फ लाग्नुनै सबैको हितमा भएको प्रस्ट्याउनु भयो   यस्तै कार्यक्रममा नगरको  किसान सगँ समृद्धि कार्यक्रम अन्र्तगत ऋइद्ध नेपियर घास दुबै वडाका १०० बराबर किसानलाई बितरण गरीएको थियो यता भोलि  वडा नम्बर १३ १४ कै किसानहरुको सहभागितामा मोटो परिक्षण बिषादीको विकल्प लगायतको बिषयमा तालिम आयोजना गरीने वडा नम्बर का वडा अध्यक्ष शर्माले जानकारी दिनु भयो

उन्नती समाबेशी बृद्धि कार्यक्रमको सहयोगमा सूर्योदयनगरपालिकाको आयोजनामा भएको कार्यक्रममा  अभिषेक पौडेल खगेन्द्र बास्तोलाले सहजिकरण÷सञ्चालन गर्नु भएको थियो

नगरले आफनो मुख्य कार्यक्रममै निशेधित बिषादी मुत्त नगर तथा प्राङगारीक कृषिलाई प्राथामित्तामा राखेको हाल बिभिन्न बिद्यालय तथा वडाहरुमा कार्यक्रम जारी राखेको

 

फेसबूक