ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

पाथीभरा संरक्षण सस्था को १७ औ साधारण सभा सम्पन्न । ७ जना सदस्यलाई सर्बसहमत चयन ।

image not found
गणेश अर्याल
इलाम असोज २२
इलामको रोङ ३ कुटिडाँडामा रहेको पाथीभरा संरक्षण सस्था को १७ औ साधारण सभा ७ जना सदस्यलाई सर्बसहमत चयन गदै सोमबार राती सम्पन्न भएको छ । यसरी चयन भएका सदस्यहरुमा दौलथकुमार राइ, दिलिप राइ कुमार ढुंगेल, गोमा भुजेल बिना भुजेल प्रकाश राई र राम भुुजेल रहेका छन् । १४ जनाको मनोनयन परेपनि सहमतीका आधारमा सात जनाले मनोनयन फिर्ता लिएका थिए । यस अघि सभाले ९१ लाख २३ हजार ९ सय ९१ रुपैयाको आय ब्यय बिवरण पारीत गरेको थियो । पाथीभरा संरक्षण सस्थाका अध्यक्ष दौलथकुमार राईको अध्यक्षता तथा रोङ गाउपालिकाका अध्यक्ष सम्सेर राईको प्रमुख आतिथ्यतामा सभा भएको थियो । गाँउपालिका अध्यक्ष राईले पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रम उद्घाटन भइरहदा नरनाथ पौडेलले स्वस्थीबाचन गर्नुभएको थियो । 
सभालाई सम्बोधन गदै रोङ गाउपालिकाका अध्यक्ष राईले रोङको पर्यटकीय बिकासमा धार्मिक संघसस्थाको महत्व पूर्ण भूमिका रहेको बताउनु भयो ।अध्यक्ष राईले धार्मिक क्षेत्रको विकासमा गाउपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।  सभालाई रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल, नेपाली कांग्रेसका जिल्ला सदस्य श्रीप्रसाद खरेल, नेकपा रोङ गाँउपालिका अध्यक्ष देवकुमार राई, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । रोङ गाउपालिकाले पाथीभरा क्षेत्र बिकास समिति बनाएपछि पहिलो पटक नया तरिकाले समिति चयन भएको हो । साधारण सभाले छानेको ७ जना गाउपालिकाले मनोनयन गरेको र समितिले समेत मनोनयन गरेर कार्य समितिले पूर्णता पाउने कार्यबिधी रहेको छ । नया कार्यबिधी अनुसार पाथीभरा क्षेत्रको आम्दानीको ७५ प्रतिसत आम्दानी गाउपालिकाको बैक खातामा दाखिला गर्नुपर्ने हुन्छ । 
 

फेसबूक