ताजा समाचार

खेलकुद/मनोरञ्जन

माईजोगमाई फूटबल क्लबको आयोजनामा आजबाट नयाँबजारमा फूटबल सुरु

डम्बर निरौला /  १३ कार्तिक, २०७५

 माईजोगमाई 
माईजोगमाई फूटबल क्लबको आयोजनामा आजबाट अमर कल्याण मा बि को खेल मैदानमा महिला 4 फीट 10 इन्च र जुनियर पुरुष खेल सुरु भएको छ । खेल माईजोगमाइ फूटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख अथित्य र अन्य अतिथिहरुमा 
ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्ज , बरिष्ट लोक गायक ईन्द्र गुरुङ , बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत खेल प्रेमी हरुको बाक्लो उपस्थितिमा खेल सुरु भएको छ ।
hejoभएको जुनियर पुरुषहरुको खेलमा पूर्व क्षितिज क्लब सोयाङ र प्रेमेजुङ बिच भएको खेलमा खेल अवधी भरीमा १/१ गोलको बराबरी भएपछि ट्राईबेकरमा पूर्व क्षितिज को 4 गोल र प्रेमेजुङ को 3 गोल हुदै पूर्व क्षितिज बिजयी भएको छ । 
तेस्तै आज भएको महिला हरुको खेलमा सहारा क्लव प्यङ र नयाँबजार बिचमा भएको खेलमा साहारा क्लवको 2 गोल र नयाँबजारले कुनै गोल गरर्न सकेन र साहार क्लब बिजयी भएको छ ।महिलाहरुको दोस्रो खेलमा देउराली स्पोटिङ क्लब र साहारा स्पोटीङ क्लव B बिच भएको खेलमा खेल समय अवधि कुनै गोल हुन सकेन र ट्राईबेकरमा देउराली स्पोटिङ क्लवको 1 गोल र साहारा स्पोटीङ क्लब B ले 3 गोल गर्दै बिजयी भएको छ ।
फाईनल खेल आगमि कुकुर तिहारको दिन हुने आयोजक समितिका संजीब थामीले जानकारी दिनुभयो ।

 

फेसबूक