ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

सिद्धिथुम्का पर्यटन महोत्सव २०७५ को तयारी अन्तीम चरणमा ।

image not found

भावना न्यौपाने

कार्तिक २० इलाम

सिद्धिथुम्का बिउझियो मेरै शिरमाथी ।

झुल्के घामको न्यानो किरण हेर्न जाउन साथी

कलाकार मुरारी गुरागाई ले आफनै शब्द सगींत र स्वरमा गाउनु भएको यो गीतले भने जस्तै अहिले इलामको पश्चिमी पर्यटकीय स्थान देउमाई नगरपालिका ७ सिद्धिथुम्काले झुल्के घामको न्यानो किरण तथा  पर्यटकीय आर्कषणहरुको दृश्य हेर्न  निम्तो दिईरहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौँ, सम्बृद्ध पर्यटनको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित देउमाई नगरपालिका वडा नम्बर ७  मा पर्ने सिद्धिथुम्का मा आगामी कार्तिक २५ गते देखि २७ गते   सम्महुन लागेको सिद्धिथुम्का पर्यटन महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ ।

 इलामको देउमाई नगरपालिका–७ स्थित सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सवको तयारी अन्तीम चरणमा पुगेको को आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाँईले बताउनुभयो  ।  पहिला बाटोको समस्या थियो त्यसैले पनि यो क्षेत्र ओझेलमा परेको थियो । तर अहिले त्यो समस्या छैन बाटो सुधार भएको छ । झापा र इलाम जुनसुबै सवारी चल्न सक्नेगरि बाटो बनिएकोले यहाँ आइपुग्न सहज भएको छ ।समुद्री सतहबाट १ हजार ६ सय ९३ मिटरको उचाईमा रहेको  सिद्धिथुम्काको मुख्य आकर्षण सिद्धिथुम्का चुली हो ।  चुलीबाट सूर्योदय, सूर्यास्तको दृश्य देखिनुका साथै विश्वको सर्बोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खला पनि देख्न सकिन्छ । भारतका पनि केही भाग सहित इलामका सबै भाग, झापा, सुनसरी, मोरङ, धनकुटा र पाँचथर जिल्लाका दृश्यावलोकन गर्न सकिन्छ ।  महोत्सवले सिद्धिथुम्काको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले विश्वास व्यत्त गर्नु भयो ।

 के के हुन्छ त महोत्सवमा ?

महोत्सवको पहिलो दिन कार्तिक २५ गते  १३४ औ फाल्गुनन्द जयन्ती कार्यक्रम , कार्यक्रम उद्घाटन , साझ कुबेर राई नवयुग कला केन्द्र , युनीभर्सल डान्स सृन्टर इलामका कलाकारहरुको बेजोड प्रस्तुति सहितका्े सांस्कृतिक झाँकी लगायतका कार्यक्रम  , दोस्रो दिन कार्तिक २६ गते सूर्योदयको अवलोकन पछि चर्चित गायक प्रमोद खरेल , गायीका बसन्ती लिम्बु , इलाम तारा बिजय फागो ,गायक नरेस श्रेष्ठ, पदम आचार्य , किशोर रसाईली , हास्य कलाकार सुभाष लकान्द्री , मोडल सुनिल गुरुङ तथा   नवयुग कला केन्द्र , युनीभर्सल डान्स सृन्टरका कलाकारहरुको बेजोड प्रस्तुति रहने छ  र तेश्रो दिन  कार्तिक २७ गते सूर्योदयको अवलोकन पछि साहित्यीक कार्यक्रम , खेलकुद कार्यक्रम र  समापन समारोह  हुने आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाँईले जानकारी दिनुभयो ।

 हेर्नै पर्ने के के छ त सिद्धिथुम्कामा

सिद्धिथुम्का चुली बाट देखिने सूर्योदय तथा सूर्यास्त मनोरम दृश्य लगायत त छदैछ त्यो बाहेक सिद्धिथुम्कामा पर्यटकलाई पहिलो स्वागत गर्ने स्थल  बिहीबार हटिया लाग्ने ब्यापारिक केन्द्र पञ्चमी बजार रहेको छ ।

सिद्धिथुम्कामा रहेको खान्द्रुङ गुफाभित्र यहाँ ढुङ्गाका बनौटहरु भएको  ओडार र सुरुङ छ ।  । गुफाभित्र ५० मिटर भन्दा बढी लम्बाईका पाँचवटा सुरुङहरु रहेका छन् ।सिद्धिथुम्काको आकर्षणमा भुल्नै नहुने अजम्बरे डाडा पनि हो । पञ्चमी बजारबाट नजिकै यो  डाँडाबाट  देख्ने दृश्यले मनै पुलकित गराउछ । इलामका सबै भाग, कञ्चनजङ्घा हिमाल, सगरमाथा देख्न सकिन्छ ।

सिद्धिथुम्कामै रहेको देवीथुम्का डाँडा,अर्को भुल्नै नसमिने स्थान हो ।  किराँत धर्मावलम्बीको चाड उधौली उभौलीमा पूजा गरिने साकेला थान, फाल्गुनन्द माङ्हिम, दुईतले पङ्खेलुङ झरना किरातेश्वर शिवालय मन्दिर  , पाल्सेम डुब्लिङ गुम्बा, पनि पर्यटकका आकर्षण मान्न सकिन्छ ।  पञ्चमी बजारबाट एक किलोमिटर माथि रहेको सानो गुफा आकृतिको ढुङ्गाको चेपबाट मानिसले फुकेजस्तो गरि तातो हावा जमिनबाट बाहिर निस्किन्छ । निरन्तर वाफ जस्तै हावा निस्कने यो अचम्मको दृश्य पनि यहाँ देख्न पाइन्छ । प्राकृतिक, जैविक विविधता सांस्कृतिक नाँचगान, स्थानीय खानपिनका परिकार पनि रहेका छन् । बिभिन्न आर्कषक स्टलहरु प्नि महोत्सवमा रहने छन् ।

रक गार्डन जस्तै मिलेका ढुङगाका बनोट हरु  चुलीमै राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले यज्ञ लगाएको यज्ञकुण्ड तथा प्रसिद्ध सिद्धिदेवी स्थानसँगै रहेको चुलीको ठूलो दर्शन ढुङ्गोलाई अनौठा जातका भमराहरुले परिक्रमा गर्दछन् ।  अजम्बरे डाँडा, खान्दु्रङ गुफा, स्थानीय व्यवसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय,  लिम्बू, राई, तामाङ, मगर  गुरुङ मगर   ब्रामण क्षेत्री लगायत सबै जातिको सांस्कृतिक जीवनशैली आकर्षणको पक्ष रहेको छ। सयौ थुङगा फुलका हामी एृउटै माला नेपाली भने जस्तै सबै जातजाती बिचको मित्रता सिष्टता सभ्यता अर्को रोचक पक्ष हुन ।

सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा अवस्थित छ ।  इलाम बजारबाट साढे ३८ किलोमिटर मोटरयात्रामा मेची राजमार्गको नेपालटार हुँदै देउमाई नपाको गाग्रे भञ्ज्याङको बाटो यहाँ आइपुग्न सकिन्छ । त्यस्तै झापाको बिर्तामोडबाट इलामको दानाबारी, चिसापानी, सोयाक हुँदै ४८ किलोमिटर मोटरयात्रामा आइपुगिन्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म कालोपत्रे रहेको छ भने त्यहाँबाट सिद्धिथुम्काको बाटो हालैमात्र उन्नतिको सहयोगमा बनिएर साना सवारीसाधन पनि गुड्न सक्ने भएको छ ।  पञ्चमी आइपुग्न इलाम सदरमुकामबाट इलाम नपा ९ को भञ्ज्याङ, बाट  सबै भन्दा छोटो दूरी १६ किलोमिटर कच्ची  सडक बाट पनि  पञ्चमी पुगिन्छ ।  सिद्धिथुम्का पर्यटन विकास केन्द्र सिद्धिथुम्का को आयोजना तथा ७ नम्बर वडा कार्यलयको सयोंजनमा  हुन लागेको सिद्धिथुम्का पर्यटन महोत्सवमा सहभागी भएर  कार्यक्रमको सोभा बढाउन  तथा पर्यटन प्रर्वदनमा टेवा पुराउन आयोजक समितिको तर्फबाट गोबिन्द गुरागाईले सबैमा आग्रह गर्नु भयो ।

 

फेसबूक