ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

मन्त्रीपरिषदले गर्योे रोङको केन्द्र पहरी गाउमा सार्ने निर्णय

image not found

गणेश अर्याल

रोङ पहरीगाउ इलाम मसिर ७

इलामको रोङ गाउपालिकाको केन्द्र कोल्बुङबाट पहरी गाउमा सार्ने प्रस्ताब मन्त्रीपरिषदले स्वीकृत गरको छ ।  निर्णय आएपछि रोङ गाउपालिकाका जनप्रतिनिधि तथा रोङ बासी खुसी भएका छन् । केन्द्र सार्नको लागि गाउपालिकाले सर्बसहमत निर्णय गरेको गाउपालिका अध्यक्ष सम्सेर राईले बताए । ‘अनुदानमा जमिन उपलब्ध गराउने महानुभाव यो निर्णयका प्रमुख हिस्सेदारी हुनुहुन्छ, गाउपालिका अध्यक्ष्य राइले भने, ‘अव यसै बर्ष नाप नक्साङकनको कार्य सूरु गर्नेछौ ।

यस अघि खासै नाम नसुनिएको पहरी गाउमा रोङ गाउपालिकाले केन्द्र सार्न सर्बसहमत निर्णय गरेको थियो । स्थानीय बासीले जमिन निशुल्क अनुदानमा उपलब्ध गराउने भएपछि गाउसभाले सो निर्णय गरेको हो । अव केन्द्र सर्ने भएपछि स्थानीय युवा हरु पनि हर्षित भएका छन् । बर्षैदेखि पछाडी पदै आएको भएपनि अव केन्द्र पहरी गाउमा सर्ने भएपछि हाम्रो गाउको मुहार पनि फेरिएला स्थानीय युवा भरत राईले भने, अव हामी युवा हरु सल्लाह गरेर यो अवसरमा फूटबल प्रतियोगिता गर्ने तयारी गर्दै छौ । खेलकुदको माध्यमबाट पहरी गाउलाई चिनाउन पनि खेल आयोजना गर्ने बिचार गरेको उनले बताए ।

केन्द्र सार्ने निर्णय भएपनि काम सूरु गर्नको लागि भवन आवस्यक पर्दछ । भवनको लागि गाउसभाले निर्णय गरेर प्रदेश तथा केन्द्रमा माग गरे नियमानुसार नै बजेट उपलब्ध हुने १ नम्बर प्रदेश सभा सांसद काजीमान कागतेको भनाइ रहेको छ । ‘भवनको लागि गाउपालिकाले आवस्यक प्रकृया पुरा गरेर प्रस्ताव हालोस् हामी प्रदेशमा प्रकृया अगाडि बडाउछौ, प्रदेश सांसद कागतेले बताए । .केन्द्र सार्न पहल गर्ने र जमिन दिएर सहयोग गर्ने सबैलाई गाउपालिकाले पनि धन्यबाद दिएको छ । स्थानीय जग्गा दाता पनि अव भूमिदानमा चाढै कार्यालय बन्ने र सञ्चालन हुने आसामा रहेका छन् । अव भवन बन्ने र कार्यालय सञ्चालन हुनेमा हामी बिश्वस्त छौ जग्गा दाता पदम गुरुङले आसा ब्यक्त गरे । रोङ गाउपालिकाको केन्द्र सार्नको लागि गाउपालिका उपाध्यक्ष चन्द्रकला राई सहित स्थानीय बासीले १७ रोपनी बढी जमिन निशुल्क उपलब्ध गराएका छन् । मेची राजमार्गको भालुझोडा लसुने सडक खण्ड बाट करिब ५ सय मिटर भित्र उत्तर पश्चिम मोहडामा फर्केको पहरी गाउमा मुख्य कार्यालय सर्न लागेको हो । यस बर्ष सघीय सांसद झलनाथ खनालले मुख्य कार्यालय बाट शान्तिपुर सम्म पुग्ने सडक निर्माणको लागि बजेट पनि बिनियोजन गरेका छन् ।

 

फेसबूक