ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

सुर्योदयनगरपालिकाको जेष्ठ नागरिकको देश दर्शन टोलि लुम्बिनिमा । वृद्ध बृद्दा भन्छ्न ूधन्य स्थानीय सरकार तिम्रो

image not found

राज कुमार दहाल

मंसिर ११ लुम्बिनी

सुर्योदय नगरपालिका २ का पसपत राई जीवन मै बिर्तामोड काटेर बाहिर जानू भएको रहेनछ । उहाँ गाडीको झ्यालबाट बाहिर हेर्दै भन्दै हुनुहुन्थ्यो ू नेपाल आमा म आउदैछु तिम्रो पुरै दर्शन गर्न । म जस्तो को नि दिन आउदो रहेछ धन्य भए मेरा यी आँखा आज यस्तो दृश्य हेर्न पाइयो । धन्य सरकार यस्तो अवसर जुराईदियौ ।ू

यस्तै इटहरी सम्म पुगेका केही बाहेक झापा नकाटेका नगरका १४ वडा का ७० जना जेष्ठ नागारीक नगरपालिका को आ ब २०७५/७६ कै कार्यक्रम अन्तरगत देश दर्शन कार्यक्रम आयोजना गरि नेपालका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण मंसिर ९ गते बाट सुरु गरेको छ ।

१० गते सोमबार जनकपुरको राम जानकी मन्दिर सङै यहाँका प्रसिद्ध कुन्ड हरु तथा पर्यटकीय स्थल को अवलोकन पुजाआराधाना गरेका छ्न । आज टोलिले  चितवन को प्रसिद्ध धार्मिक स्थल देवघाटको दर्शन गरेका छन् । देवघाटमा दर्शन गरेसगै बासिष्ठ गुफा सितामाता अन्तरध्यान हुनुभएको स्थान लगायतको स्थानको दर्शन गर्न पाउदा बृद्धबृद्धा हर्षित भएका छन । यसैबिच मगलबार साझ इलामे टोली प्रसिद्ध धार्मिक स्थल लुम्बिनी आईपुगेको छ । भगवान गौतम बुद्धको जन्मभुमि लुम्बीनिको बुधबार बिहान दर्शन गरेर सोहि दिन जेष्ठ नागरीक को टोली पोखरा प्रस्थान गर्ने छ । 

टोलि सम्योजक समेत रहनु भएका आर्थिक बिकास समिति संयोजक वडा न ९का वडा अध्यक्ष देवेन्द्र शर्माले भ्रमण निक्कै रोचक भैरहेको जानकारी दिनु भयो । टोलिको नेतृत्व गरिरहदा कस्तो महसुस गर्दै हुनुहुन्छ भन्ने प्रश्न मा उहाले भन्नू भयो ू यो टोलिको नेतृत्व गर्न त गाह्रो छ बुवाआमा हरु उमेरको कारणले पनि भिडभाड मा बाटोको मेसो पाइनु हुन्न खोज्नु पर्छ तर उहाँहरुको मुहारमा देखेको अपार खुशीले निक्कै आनन्द लागेको बताउनु भयो । नगरप्रमुख रण बहादुर राई उपप्रमुख दुर्गा देवि भट्टराई लगायतले पनि पटक पटक फोन गरेर बुझिरहेको जानकारी गराउनु हुँदै भ्रमण व्यस्थित होस भन्ने बारेमा उहाहरु गम्भीर रहेको जानकारी दिनु भयो । शर्माले सबैको टीमवर्क ले गर्दा यात्रा सुखद रहेको र आफुले बुवा आमा सङग बुझ्दा उहाँ हरु खुशी रहेको जानकारी दिनु भयो ।

टोलिमै रहेका वडा न ११ का वाड अध्यक्ष टेक बहादुर राईले विभिन्न ठाउँ हरुको बारेमा माईक मार्फत बस भित्र तथा बाहिर जानकारी गराउदै यात्रा जारी राखेको जानगारी दिनु भयो ।उहाँ बुवा आमा लाई असहज नहोस भन्ने बारेमा चनाखो रहेको बताउनु भयो ।  यो एक निक्कै नै जटिल तर पुन्यको काम भएकोले आफुहरु सकेसम्म हरेक हिसावले खटेर बुवाआमालाई सहजता दिलाउने प्रयास गरेको जानकारी दिनु भयो ।

वृद्ध  वृद्धाको सेवामा सकृय  कार्यपालिका सदस्य ललिता नेपाल र ससिकला लेप्चाले  बुवा आमाको स्वास्थ्य अवस्था गाडीमा उहाँहरुलाई परेको समस्या बारे बुझिरहनु पर्छ जे होस बुवा आमाको सेवा गर्ने राम्रो अवसर मिलेको सबै सहजकर्ता नगरले दिएको जिम्मेवारी बोध गर्दै खटेको बताउनु भयो ।

सुर्योदय नगरपालिका ५ का जेष्ठ नागरिक छबिलाल चम्लागाईले जेष्ठ नागारिक को देशदर्शन यात्रा गराएर नगरले निक्कै राम्रो काम गरेको बुढेसकालमा देश हेर्ने मौका दिएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

 यात्रा कस्तो छ भन्ने प्रश्न मा सु न पा ३ का कुल बहादुर बम्जनले यात्रा फलदायी भएको बताउनु भयो । गाडी मा नै फलफुल जुस पानी बिस्कुट बितरण गर्नु हुन्छ के छ हालखबर सन्चो बिसन्चो सोध्नु हुन्छ । मीठो खाना पाएका छौ राम्रो हेर्न पाएका छौ यो उमेरमा अरु के चाहियो । सुनपा ४ का ७७ बर्षका तारानिधी घिमिरे प्रेसर अलि हाई छ तरपनि आनन्द्ले यात्रा मा हुनुहुन्छ  केहिछैन यत्रो हेरचाह पाएको छु स्वास्थ्य कर्मिको निगरानी मा छौ धन्य नगरपालिका । सू न पा ३ का दिल बहादुर कार्कीले एकपैसा खर्च नगरी यात्रा गर्न पाईएको छ भगवान को मन्दिर पुग्न पाएका छौ जीवन नै  धन्य भएको भन्दै खुसी व्यत्त गर्नु भयो 

।सूर्योदयनगरपालिका ५ की बिमला रार्ई यस अघि यसरी कतै पनि यसरी जानु भएको थिएन आफनो नाम वडाले छनोट गरेको थाहा पाउदा देखिनै खुसी लागेको र यात्रा अति राम्रो भएको भन्दै  भगवानको धाम ठुला ठुला शहरहरुको दृश्य हेर्न पाउदा मन फुरुङ्ग भएको प्रतिकृया दिनु भयो । सहभागि सर्बै जेष्ठ नागरीकहरु यसरी देश दर्शन गर्न पाउदा नगरपालिका  प्रति निक्कै खुशि देखिन्छन ।

भ्रमण टोलीका सबै जेष्ठनागरीकहरु आफनो हैसीयतले घृम्न नसक्ने सरकारी जागिर नभएका र हाल सम्म  यता स्वास्थ्य कर्मि पदम कटुवालले आफुहरुले सबैको स्वास्थ अवस्था हेरिरहेको त्यस्तो जटिल अवस्था नरहेको जानकारी दिनु भयो । नगर प्रमुख रणबहादुर राईकै परिकल्पना मा भएको यो देशदर्शन कार्यक्रम मा ७० जना जेष्ठ नागरिक सहित ७८ जना रहेको सो टोलिले जनकपुर चितवन पोखरा लुम्बिनी काठमाडौ लगायत का प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने छ । भ्रमण टोलि संयोक शर्माले यात्रा मा सबै को टिमवर्कले अघि बढीरहेकोले सबैमा धन्यवाद दिनु भयो ।यता प्याप्सन जनकपुर का अध्यक्ष विश्वलाल सिहंले  देश मै नमुना को रुप मा यसरी नगरले जेष्ठ नागरिक  देखाएको सम्मान उदाहरणिय भएको बताउनु भयो ।

 टोलिलाई नगरले नगर प्रमुख रण बहादुर राई उपप्रमुख दुर्गादेवी भट्टराई प्रमुख प्रसासकिय अधिकृत प्रकाश राज पौडेल वडा अध्यक्ष हरु लगायतले बिदाइ गरेका थिए । नगर प्रमुख राईको धर्म पत्नी समेत रहनु भएकी समाजसेवी सुशीला गोलेले जेष्ठ नागरिक लाई बर्की ओडाएर सम्मान गर्नु भएको थियो ।

 

 

फेसबूक