ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

सूर्याेदयनगरपालिकाका जेष्ठ नागरिक देशदर्शन सकेर नगर फर्किए । नगरपालिका द्धारा सबैको स्वागत ।

image not found

राज कुमा दहाल

सूर्याेदयनगरपालिकाका जेष्ठ नागरिकको देशदर्शन टोलि आज आफनो ८ दिने भ्रमण सकेर आईतबार सूर्योदयनगरपालिका फिक्कल आईपुगेको छ ।

सूर्याेदयनगरपालिकाको आयोजनामा गत मंिसर मंसिर ९ गतेबाट सुरु भएको जेष्ठ नागरीक हरुको यात्रा जनकपुर पोखरा चितवन देवघाट रुपन्देहीको लुम्बिनी तथा काठमाडौको  तथा पुर्वका विभिन्न मठमन्दिर पर्यटकिय स्थान एतिहासिक सग्रालय , शहरहरुको ८ दिन सम्म भ्रमण गरेको थियो । आज बिहान झापाको अर्जुनधारा धामको दर्शन सकेर नगरपालिका आईपुगेको हो ।

यसैबिच आइतबार सबै टोलिलाई सूर्योदयनगरपालिकामा आयोजित कार्यक्रममा स्वागत गरिएको छ । नगरप्रमुख रण बहादुर राई , उपप्रमुख दुर्गादेवी भट्टराई ,प्रमुख प्रसाशकिय अधिकृत प्रकाश राज पौडेल , वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु प्रसाशकिय अधिकृत खगेन्द्र बर्देवा लगायतले स्वागत गर्नु भयो । नगरप्रमुख राईले जेष्ठ नगारीक को सम्मानमा नगरले कुनै कसर बाकी नराख्ने बताउदै आगामी बर्ष पनि यस अभियान जारी राख्ने बताउनु भयो । उहाँले भ्रमण टोलिका सबैलाई बधाई दिनुहुदै अझ विकासको लागि नगरलाई जेष्ठ नागरिकको आशीर्वादको खाचो रहेको बताउनु भयो । राईले जेष्ठ नागारीक मिलन केन्द्रको पनि अवधारणा नगरले ल्याएको जानकारी दिनुभयो । उहाँले यस कार्यमा साथ दिने सबैमा धन्यवाद दिनु भयो । 

यता कार्यक्रममा बोल्दै भ्रमण टोलिका संयोजक वडा न ९ का अध्यक्ष देवेन्द्र शर्माले भ्रमण टोलिमा साथ दिने भ्रमण टोलीका सबै सहजकर्ता बिभिन्न मिडियाका पत्रकारहरु बिभिन्न सघंसस्थां बिभिन्न स्थानमा साथ दिने इलामे युवाहरु सबैमा धन्यवाद दिनु भयो । उहाँले यात्रा निक्कै मेहनतका साथ सफल भएको र सकुशल आमाबुवालाई गन्तव्यमा पुराएर न्याउन पाउँदा निक्कै खुशी लागेको बताउनु भयो । प्रमुख प्रसासकिय अधिकृत प्रकाश राज पौडेलले नगरको यो कार्यले देशमै नयाँ सन्देश गराएको प्रष्ट पार्दै सबैको आशिर्वादले आफुहरुमा थप उत्साह थपिने विस्वास व्यक्त गर्नु भयो । यता प्यापसन प्रदेश सहल्लकार तथा समाजसेवी युवराज बासिष्ठले नगरले ससमाजका अगुवा अनुवभका खानी एतिहासका साक्षी जेष्ठ नागरीक प्रति देखाएको सम्मान आफैमा उदाहरणिय भएको तथा यसले देश ब्यापी रुपमा चर्चा पाएको बताउनु भयो ।

यसैबिच भ्रमण टोलि मा सहभागी सु न पा ४ का जेष्ठ नागारीक नन्दलाल आचार्यले आफुहरुले सपनामा पनि नसोचेको  स्थानमा पुग्ने मौका मिलाएको भन्दै नगरपालिकालाई धन्यवाद दिनु भयो सबैले बोलिले सम्मान गर्ने तर व्यबहारमा नगरी रहेको अवस्थामा नगरले व्यवहारमै आफुहरुको सम्मान गरेर समाजमा आफुहरुको साख बढाएको बताउनु भयो ।उहाँले भ्रमण टोलिका संयोजक सहित ८ जनालाई आफ्नो व्यक्तिगत रुपमा फुलमाला अबिर सहित सम्मान गर्नु भएको थियो ।

 सुनपा ७ कि उमा देवी कट्टुवालले समाजमा जेष्ठ नागरिकको मुल्य घट्दै गएको अवस्थामा सुर्याेदयनगरपालिकले आफुहरुको सम्मान गरेर नयाँ सन्देश दिएको बताउनु भयो । सहभागी ७० जना जेष्ठ नागरिकहरु भ्रमण अत्यन्तै फलदायी भएको टोलि सहजकर्ता सबैले अत्यन्तै हेरचाह गरेर यात्रा गाराएको भन्दै खुशी व्यक्त गरेका थिए ।  भ्रमण टोलि संयोजक देवेन्द शर्मा वडा न ११ का अध्यक्ष टेक बहादुर राई कार्यपालिका सदस्य द्वय ललिता नेपाल सशिकला लेप्चा लगायत स्वास्थकर्र्मी पत्रकार फोटोग्राफरको सहभागीता रहेको थियो ।

बिषयगत समितिका सदस्य डिक बम्जन भ्रमण योजनामा साथ दिने समाजसेवी युवराज बासिष्ठ , टोलिमा रहेका पत्रकार राजकुमार दहाल फोटोग्राफर सन्दीप बस्तोला , स्वास्थय कर्र्मी द्वय पदम कट्टुवाल अनिस राई  तथा यात्रामा साथ दिएका दार्जिलिङ ट्राभल्सका चालक द्धय दिपक  लामा शुनिल लामा सहचालक द्धय राजन खतिवडा निखिलेस केसी लाई  नगरपालिकाका प्रमुख राई उपप्रमुख भट्टराई प्रमुख प्रसासकिय अघिकृत पौडेल्ले प्रससां पत्रको साथ सम्मान गर्नु भयो ।

यात्रामा रहेका सुनपा २ का सफत राई बिरामी परेर एक दिन असपताल राख्नु परेको थियो । सबैको नियमित स्वास्थ्य परीक्षण गरिएको थियो । भ्रमणमा नगरका १४ वडाका ७० जना बिपन्न जेष्ठ नागरिक को सहभागिता रहेको भ्रमण टोली लाई बिभिन्न स्थानमा स्वागत सम्मान भएको थियो । पुर्व प्रधानमन्त्री झलनाथ खनालले राजधानीको श्रीकृष्ण प्रणामी मन्दीर नौतनधाममा आयोजित एक कार्यक्रमका बिच जेष्ठ नागरीक देशदर्शन टोलीलाई सम्मान गर्नु भएको थियो । यस्तै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल लगायतका सस्थाहरुले पनि टोलीलाई स्वागत सम्मान गरेका थिए ।  गोर्खाको मनकामना मन्दीरको दर्शन गराउन केवलकारको टिकट काटीएको भए पनि करिव ६ सय जनाबराबरको लाईन अगाडीनै रहेकोले केवलकार चढाउने पुर्व योजना सफल नभएको शर्माले जानकारी दिनु भयो ।

 

 

फेसबूक