ताजा समाचार

स्थानीय समाचार

सरस्वतीको भवन उद्घाटन् सिकाइ उपलब्धी हुनुपर्नेमा जोड

image not found

गणेश अर्याल

रम्भ्याङ,(रोङ) मंसिर १३

शिक्षाको क्षेत्रमा गाउपालिकाले बजेटकोे भोल्युम बढाउदै लगेको रोङ गाउपालिका इलामका अध्यक्ष सम्सेर राईले बताएका छन् । अघिल्लो बर्ष सशर्त अनुदान बाहेक २४ लाख रुपैया बजेट बिनियोजन गरेकोमा यस बर्र्ष ६७ लाख ५० हजार बिनियोजन भएको र आउदो ८५ लाख हाराहारीमा पु¥याउने लक्ष्य रहेको बताएका छन् । रोङ ६ रम्भ्याङको सरस्वती माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष राईले योजना र उद्देश्य बिहिन कार्यक्रममा लगानी नगरिने पनि बताए ।

२०१४ सालमा स्थापना भएको सो बिद्यालयले ६२ औ बार्षिक उत्सवको अवसर पारेर बिद्यालय भवनको उद्घाटन पनि गरेको हो । सो बिद्यालयमा अहिले १ सय १९ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । स्थापना कालमा तितेपाती र प¥याङले बारेको सानो टहरो रहेको सो बिद्यालय बिभिन्न समयमा ठाउ सादै हालको स्थानमा आइपुगेको बताइन्छ । २०५१÷५२ सालमा निमाबिको पठन पाठन सूरु भएको सो बिद्यालयले २०५६ सालमा निमाबि सञ्चालनको स्वीकृति पाएको र अहिले माध्यमिक तह सञ्चालनमा रहको प्रधानाध्यापक डुकराज पौडेलले बताए । ‘गुणस्तरीय शिक्षाको लागि प्रयत्न गरिरहेपनि अघोषित रुपमा अन्य बिद्यालय संग प्रतिस्पर्धा गर्दाको अवस्थामा आर्थिक अभावले प्रभाव पार्दाे रहेछ, प्रधानाध्यापक पौडेलले भने,— ‘हामीेले सीमित श्रोत र साधनको प्रयोग गरेर पनि एसएलसीमा बढीमा ६५ प्रतिसत सम्म नतिजा निकालेका छौ’ । बिद्यालय सम्म आइपुग्ने बाटो अप्ठ्यारो भएका कारण शिक्षा कार्यालय र अन्य निकाय बाट कोही पनि प्रतिनिधी नआइरहेको अवस्थामा बार्षिक उत्सव कार्यक्रममा शिक्षा शाखा प्रमुख, गाउपालिका अध्यक्ष लगायत आउदा लामो समय पछि अभिभावक पाएको अनुभव भएको पनि प्रधानाध्यापक पौडेलले बताए ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय इलाम बाट प्राप्त अनुदान ३२ लाख बाट बनाउन सुरु गरिएको भवनको ठेकेदारले काम पुरा नगरी छाडेकाले बिभिन्न श्रोतको रकम लगाएर पुरा गरिएको प्रधानाध्यापक पौडेलले बताए । भवन पुरा गर्न हाल सम्म ४४ लाख ६ हजार ३ सय ३२ रुपैया खर्च भएको उनले बताए । कार्यक्रममा शिक्षा शाखा प्रमुख राधिका घिमिरेले लामो समय अध्यापन गरेर समय खर्चेका शिक्षक कर्मचारीले दिएको योगदानको मूल्याङकन हुनु पर्ने बताइन् । ‘मैले यतिबर्ष पढाए भनेर बर्ष गन्नु भन्दा पनि मेरो कारणले बिद्यालय र शिक्षा क्षेत्रले पाएको उपलब्धी के हो भनेर स्व मुल्याङकन गर्न पर्दछ, उनले भनिन,— ‘सिकाइ उपलब्धीको आधारमा बिद्यालय र शिक्षकको सुबिधा बढ्दै जाने ब्यवस्था रहेको छ , मैले जानिन र जान्दिन भन्न शिक्षकले पाउदैनन् सिकेर सिकाउने मात्रै शिक्षक हुन् । बार्षिक उत्सव कार्यक्रमलाई रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल, श्रोत शिक्षक रुखमान शुब्बा, शान्ति निकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक हिम्मेश्वर यादब, लामिटार आधारभूत बिद्यालयका प्रधानाध्यापक लाखबहादुर सावा लगायतले पनि शुभकामना मन्तब्य राखेका थिए । शिक्षक गोबिन्द पौडेलको सञ्चालन र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशर प्रधानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मान तथा स्वागत

बार्षिक उत्सव तथा भवन उद्घाटनको अवसरमा २ जना पूर्व शिक्षकलाई बिद्यालयले सम्मान गरेको छ । पूर्व शिक्षक खेमराज खनाल र देबिका आचार्यलाई बिद्यालयले सम्मान गरेको छ । बिद्यालयमा रहेर सेवा गरेको अवधिमा गरेको योगदानको मुल्याङकन गरी सम्मान पत्र र पूmलमालाले सम्मान गरिएको बिद्यालयले जनाएको छ । त्यसैगरी बिद्यालयलाई १५ हजार रुपैयाको चेक उपलब्ध गराउने पूर्व बिद्यार्थी हाल ग्लोबल आइएमइ बैक फिक्कलमा कार्यरत प्रकाश प्रधानलाई पनि पूmलमाला र खदाले सम्मान गरिएको थियो ।

देउसीको रकम सार्बजनिक

सरस्वती माबिका बिद्यार्थीहरुको सहभागितामा बिद्यालयले यस बर्षको तिहारमा खेलेको देउसीमा संकलन भएको रकम र खर्च बिवरण पनि सार्बजनिक गरिएको छ । देउसीमा ५६ हजार ७ सय ९५ रुपैया संकलन भएकोमा ४ हजार ५५ रुपैया खर्च भइ ५२ हजार ७ सय ४० रुपैया बचत रहेको र उक्त रकम बिद्यालयको कोषमा जम्मा गरिएको देउसी आयोजक समितिका सम्योजक शिक्षक बेदप्रसाद गड्तौलाले जानकारी दिए ।

बिबिध सास्कृतिक कार्यक्रम

 बार्षिक उत्सबको अवसरमा बिभिन्न सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षिका यमुना भट्टराईले एकल नृत्य प्रस्तुत गरेकी थिइन् भने बालबालिकाहरुले सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए । यस अघि अन्तर सदन खेलकुद तथा अन्य प्रतियोगिता पनि सम्पन्न भएको थियो । प्रतियोगिता तथा बिद्यालयको अन्य कार्यक्रमहरुमा सहभागिहरुलाइ बिद्यालयले पुरस्कृत गर्ने योजना रहेको प्रधानाध्यापक पौडेलले जानकारी दिएका छन् । 

 

फेसबूक