ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

बाला चतुर्दशीको अवसरमा नयाँबजारमा मेला ।२२गते सास्ंकृतिक कार्यक्रम हुने ।

मसिंर २० नयाबजार 

आज बाला चतुर्दशीको अवसरमा इलामको नयाँ बजारमा बाला चतुर्दशी मेला लागेको छ । बाला गुरूले स्थापना गरेको शिवमन्दिरमा विहानै देखि शतबीज छर्नेको घुईंचो लागेको थियो । नेपालका विभिन्न स्थान र भारतका दार्जिलिङ्ग, मिरिक, मानेभञ्ज्याङ लगायतका स्थानबाट शतबीज छर्न भक्तजनहरू नयाँबजार आएका थिए । पितृहरुको उद्दारका लागि र मातापिता हुनेहरुले पनि मनोकामना पुरा गर्नका निम्ति शतबीज छर्ने गरिएको बताइन्छ । बाला चतुर्दशीकै अवसरमा नयाँबजारको  पर्यटकीय विकासका लागि भनेर साविक जोगमाई गाविसमा पर्ने थुम्के डाँडामा मंसिर २३ गते थुम्के महोत्सव सञ्चालन गरिने भएको गाउँपालिकाले जनाएको छ  आगामी २५ गते सम्म मेला चल्ने छ  । माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राई उपाध्यक्ष साबित्रा भटटराई प्रमुख प्रशासकिय अधिकृत चन्द्र प्रकाश बस्नेत बालागुरु शिवालय धामका सन्त धर्मगुरु एकदेव स्वामी बाबाजी लगायतको उपस्थीतिमा मेला सुरुवात भएको छ । आजको दिन बिभिन्न स्थानमा सतबिज छर्ने गरीन्छ । यसरी सतबिज छर्दा मनोकाक्षा पुरा हुने धार्मिक विश्वास छ । नयाबजारमा बालागुरु सिवालय धाम उत्तरे पोखरी लगायत रहेकोले पनि सतपबिज छर्नेहरुको बिशेष घुईचो लाग्ने गरेको छ ।

२२ गते गाउँपालिका अध्यक्ष द्धारा रचित माईजोगमाई हाम्रो गाउँ, हाम्रो सान हो, भन्ने गीतको विमोचन साथै बृहत सास्कृतिक कार्यक्रम ९कलाकारहरु भारतीय चर्चित टिभी च्यानल स्टार प्लस द्धारा संचालित दिल हे हिन्दुस्तानी द्द मा दोस्रो हुन सफल भएका चर्चित नेपाली गायक लाक्पा शेर्पा र हितेस प्रधानको गायन प्रस्तुती त्यसै गरि गणेष रसिक, इन्द्र गुरुङ, झुमा निरौला लगायत कलाकारहरुको जोडदार प्रस्तुती । २३ गते सूर्योदयको रमणिय दृष्य देखिने पर्याटकिय स्थल थुम्के महोत्सव जहाँबाट इलामका दशै वटा पालिकाहरु देख्न सकिन्छ ।२५ गते माईजोगमाई गाउँपालिका अध्यक्ष कपको प्रथम संस्करणको सनसनी पूर्ण फाइन खेल रहने छ  रोटेपिङ्ग सहितको रमाईलो मेलाको आकर्षण पनि रहने छ ।

फेसबूक