ताजा समाचार

स्थानीय समाचार

रोङ गाउँपालिकाले लेप्चा संग्रहालय र घरबास निर्माण गर्ने ।

image not found

लेप्चा संग्रहालय  बन्ने स्थानको माने ....    तस्विर गणेश अर्याल 

 

 

किरण पौडेल

मसिंर २० रोङ

लोपोन्मुख जाती लेप्चाको संस्कृति जर्गेना गर्नका लागिे रोङ गाउँपालिकाले लेप्चाको संग्रहालय र घरबास निर्माण गर्ने भएको छ । लेप्चा समुदायको बाहुल्य रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चाको घरबास र संग्रहालय निर्माण गर्ने भएको हो । गाउँपालिकाले बीस बर्षे कार्यनीतिक योजना निर्माण गर्दै आगामी पाँच वर्षभित्रमा संग्रहालय र घरबास निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष शमसेर राईका अनुसार लेप्चाको संस्कृति संरक्षणका लागि गाउँपालिकाले कार्य शुरु गरेको हो । ‘लेप्चाको लोप हुन लागेका विषयको प्रचार गर्नका लागि होमस्टे निर्माण गर्न लागेका हौं’ अध्यक्ष राईले भन्नुभयो,‘लेप्चाका खाद्य परिकारहरू मानिसको जिव्रोको स्वाद लिने किसिमका छन् । उनीहरूले बनाउने खाद्यन्नहरू अरू समुदायले जान्दैनन् । त्यसैले यी खाद्यन्नको प्रचार गर्नका लागि होमस्टे निर्माण गरिने छ’

उहाँका अनुसार आन्तरिक तथा बाह्रय पर्यटकलाई समेत आकर्षित गर्नका लागि होमस्टे निर्माण गरिने भएको हो । होमस्टेमा सबै लेप्चाका परिकारको मात्र व्यवस्था गरिने र पर्यटकलाई लेप्चाको खाद्यान्नको बारेमा जानकारी गराउन होमस्टे निर्माण गर्न लागिएको अध्यक्ष राईको भनाइ छ ।यसका लागि लेप्चाका विज्ञको समेत ह्राय लिएर लेप्चाकै संस्कृति झल्कने किसिमको संरचना निर्माण गरिने छ । होमस्टेका लागि सङ्घ, संस्था र व्यक्तिलाई भवन निर्माणमा सहयोग गर्न आग्रह गर्ने अध्यक्ष राईको भनाइ छ । लेप्चाको भेषभुषा, खाद्यन्न तथा रीतिरिवाजको अभिलेख राख्नका लागि गाउँपालिकाले संग्रहालय समेत निर्माण गर्ने भएको छ । पछिल्लो समय लेप्चाका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातिय पहिचान समेत नरहने खत्रा बढे सँगै गाउँपालिकाले संग्रहालय निर्माणका लागि पहल सुरु गरेको हो । रोङ गाउँपालिकास्थित वडा नं.३ मा होमस्टे सँगै संग्रहालय समेत निर्माणका गर्ने निर्णय गरेको छ । संग्रहालय निर्माणका लागि प्रदेश र सङ्घीय सरकारलाई समेत आग्रह गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । संग्रहालय निर्माणका लागि गत वर्ष बीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । संग्रहालय निर्माणका लागि बर्षेनी गाउँपालिकाले बजेट छुट्याउदै लगिने जनाइएको छ । संग्रहालय निर्माण पछि लेप्चाको पहिचान नहराउने र पछिल्लो पुस्तालाइै पनि पहिचान राख्न सकिने अध्यक्ष राईले बताउनुभयो ।

 

फेसबूक