ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

सूर्योदय नगरपालिका द्धारा स्नातक तहमा छात्रवृत्ति कार्यक्रम सूरु ।

image not found

 

सूर्योदयन गनरपालिकाले आर्थिक अवस्था कम्जोर भएर समय नमिलेर उच्च शिक्षा हासिल गर्न नसकेका नगरका बिभिन्न बिद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्ने भएको ,

प्रत्येक वडाबाट तीनदेखि पाँचजना सम्म ,बिद्यार्थीहरु छनोट गरेर नगरका १४ वटा वडाका ६१ जना विधार्थीहरूलाई स्थानीय ,क्याम्पस श्री  करफोक बहुमुखि क्याम्पसमा स्नातक प्रथम बर्ष अध्ययनको निम्ति छात्रवृति वितरण कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको ।व्यवस्थापन, मानविकी शिक्षामा अध्ययन गर्ने विधार्थीहरूको निम्ति यो छात्रवृति चार बर्षको हुने नगरप्रमुख रण बहादुर राईले जानकारी दिनुभएको

सुर्योदय नगरपालिकाको जनपक्षिय कार्यक्रम ल्याएको भन्दै नगरबासी हर्षित भएका छन उनीहरुको सम्पूर्ण पढ़ाई ख़र्च नगरपालिकाले व्यहोर्ने भएको छ।

बिहिबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख रण वहादुर राई,सामाजिक विकास समिति संयोजक सोनाम लामा र करफोक क्याम्पसका प्रमुख जरसिंह राई सूर्योदयन गरपालिका ९ का वडाअध्यक्ष देबेन्द्र शर्मा वडा नम्बर २ का वडा अध्यक्ष चन्द्र सुब्बा वडा नम्बर १२ का अध्यक्ष डोलेन्द्र भाद्धवज प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेल प्रशासकिय अधिकृत खगेन्द्र बर्देवा  लगायतको उपस्थितिमा उक्त सम्झौता पर्त्रमा हस्ताक्षर कार्य सम्पन्न भएको हो ।यस कार्यले नगरमा दक्ष जनशक्तिको उत्पादन हुने र सुर्योदय नगरपालिकाको विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास नगरप्रमुख राईले व्यक्त गर्नुभएको छ।

उच्च शिक्षा लिन नसकेका तर शिक्षा लिन मन भएका हरुलाई नगरको यस कार्यले निक्कै टेवा पुगेको भन्दै छात्रावृति पाउने विद्यार्थीहरु हर्षित भएका छन् नगरको यस कार्यले नगरमा दक्ष जनशत्ति निमार्णमा ठुलो टेवा पुग्ने  करफोक क्याम्पसका प्रमुख राईले बताउनु भयो  उहाले नगरले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाउनु हुदै छात्रावृत्ति पाउने बिद्यार्थीहरु पनि गभिंर भएर अध्ययनमा लाग्नु पर्ने बताउनु भयो   नगरका जेष्ठनागरीकलाई देश दर्शन गराएर निक्कै स्याबासी कमाएको नगरले फेरी अर्को जनमुखि काम गरेर नगरबासीमा आशाको किरण छरेको

 

फेसबूक