ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

सूर्योदयनगरपालिका १ मा आज मालबाहक ट्रक दुर्घट्ना । हुदा ३ जना घाईते ।

image not found
रेडियो फिक्क्ल समाचारदाता 
मसिंर २१ इलाम 
सूर्योदयनगरपालिका १ मा आज मालबाहक ट्रक दुर्घट्ना हुदा ३ जना घाईते भएका छन् ।  सूर्योदयनगरपालिका १ स्थीत जोगमाईमा  धापबाट बाङगीन हुदै सनिशचरे जाने बाटोमा गोलिया लिएर फिक्कल तर्फ आउदै गरेको ना ३ ख २७२८को मालबाहक ट्रक सडकबाट करिव ६० मिटर तल खस्दा ट्रकमा सवार चालक पाचथर कुम्मायाक गाउपालिकाका ४० बर्षिय मन कुमार राई सहचालक सोहि स्थानका २८ बर्षिय बिक्रम राई र माईजोगमाई २ का ४७ बर्षिय मेख बहादुर अधिकारी घाईते भएका छन । घाईते मध्ये चालक मनकुमार राई सामान्य उपचार पछि डिस्चार्ज भएका छन भने सहचालक बिक्रम राईको बि एन सि हस्पीटल बिर्तामोडमा उपचार भईरहेको छ । बिक्रमको चिउडो काटीएको तथा दात झरेकोले समान्य अप्रेसन गर्नु पर्ने गाडीमालिक चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ट्रकमा सवार मेख बहादुर राईको खत्रामुत्त अवस्थामा उपचार जारी छ । 
 
सो ट्रक बाटोको छेउको वाल कम्जोर भएर भत्तकिदा दुर्घटना भएको हुन सक्ने स्थानीय प्रत्यक्ष दर्शिले जानकारी दिएका छन् । 

फेसबूक