ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

नेदरल्याण्डी नागरिकले गरे बिद्यालयलाइ सहयोग

image not found
गणेश अर्याल
इलाम मसिर २५
इलामको रोङ गाउपालिका ३ को एउटा सामुदायिक बिद्यालयलाई नेदरल्याण्डको एकजना नागरिकले शैक्षिक सामाग्री सहयोग गरेका छन् । ‘हेङक अलर्ट’ नाम गरेका ति नागरिकले रोङ ३ को शारदा आधारभूत बिद्यालय चिण्डेपानीलाई सहयोग गरेका हुन् ।
पूर्व प्रधानाध्यापक जीवन अधिकारीको छोरा एकराज अधिकारीले काठमाण्डौमा भेटाएका एकजना बिदेशीलाइ इलाम घुमाउन ल्याउदा यस अघि सो बिद्यालय आइपुगेका थिए ति बिदेशी नागरिक । इलाम घुम्ने क्रममा ति नेदरल्याण्डका नागरिकले बिद्यालयलाई सहयोग गर्ने इच्छा गरेकाले आफूले सो बिद्यालयमा ल्याएको एकराजले बताए । उनलेभने “हामी गोर्खालीको सन्तान भएकाले माग्न हात पसार्दैनौ तर दिन्छौ भने हात थाप्छौ । बिदेशीले सहयोग गर्ने इच्छा गरेकाले बिद्यालयमा ल्याइदिएको एकराजले बताए । ”
फोटो गणेश अर्याल
बिद्यार्थी र शिक्षकहरुको लागि स्कुल ब्याग, खेलकुदको सामाग्री, खाता डटपेन, दातमाझ्ने ब्रस टुथपेष्ट लगायतको सामाग्री बितरण गरिएको छ । त्यसैगरी स्क्यान, प्रिन्ट र फोटोकपी गर्न मिल्ने एक थान मेशिन पनि प्रदान गरिएको छ । बिद्यालयलाइ नेदरल्याण्ड बाट आएर पनि सहयोग गरेकोमा रोङ ३ का वडा अध्यक्ष मात्रिका बरालले सहयोगी मन भएका दातालाई धन्यवाद दिएका छन् । सहयोग सामाग्री हस्तान्तरणको लागि आयोजित एक सक्षिप्त कार्यक्रममा वडाअध्यक्ष बरालले बिद्यालयलाई वडा कार्यालयले पनि सहयोग गर्ने बताए । ‘बिदेश बाट आएर पनि यति धेरै सहयोग गरेका छन् भने हामी स्थानीय सरकार चुप लागेर बस्न सुहाउदैन्’ वडाअध्यक्ष बरालले भने ‘अव अभिभावक र स्थानीय बासी पनि सचेत र जागरुक हुनु पर्छ’ ।
सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयको तर्फबाट प्रशंसा पत्र सहित सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । सो अवसरमा फुलमाला तथा नेपाली ढाका टोपी लगाएर नेदरल्याण्डी नागरिक हेङक अलर्टलाई सम्मान प्रदान गरिएको थियो । सम्मान सगै स्वागत मन्तब्य ब्यक्त गदै बिद्यालयका प्रधानाध्यापक गीतामणी अधिकारीले बिद्यालयलाई संझेर सहयोग गरिदिएकोमा दातालाइ धन्यवाद दिए ।
सो कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने नेदरल्याण्डका नागरिक एलर्टले सन २००४ मा नेपाल पहिलो पटक नेपाल आउदा एकराज अधिकारी सग भेट भएको र उनको सहयोगमा यो बिद्यालयमा सहयोग गर्न पाएकोमा आफूलाई खुसीलागेका बताए । शिक्षक नबिन कट्टेल द्धारा सञ्चालित कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सुनुवारले पनि सहयोग पाएकोमा आभार ब्यक्त गरे । 
बिद्यार्थी र शिक्षकहरुको लागि स्कुल ब्याग, खेलकुदको सामाग्री, खाता डटपेन, दातमाझ्ने ब्रस टुथपेष्ट लगायतको सामाग्री बितरण गरिएको थियो । त्यसैगरी स्क्यान, प्रिन्ट र फोटोकपी गर्न मिल्ने एक थान मेशिन पनि प्रदान गरिएको छ । बिद्यालयले यति धेरै सहयोग पाएकोमा अभिभावकहरु पनि खुसी छन् । यस अघि रोङ २ ठूटे नेहितको एक आधारभूत बिद्यालयलाई सत्य साइ संगठनले र रोङ ६ सलकपुरको मोतिराम माध्यमिक बिद्यालयलाइ बिरता जेसिसले पनि यस्तै प्रकारको सहयोग गरेको थियो ।
 

फेसबूक