ताजा समाचार

खेलकुद/मनोरञ्जन

माईजोगमाई प्रथम अध्यक्ष कप को उपाधी माईजोगमाई ६ प्याङले जित्यो ।

image not found
डम्बर निरौला 
  मंसिर २७ गते माईजोगमाई  नयांबजार

 इलामको माईजोगमाई गाउपालिका नयांबजारमा जारी माईजोगमाई अध्यक्षकप फुटबलको उपाधी माईजोगमाई प्याङले जितेको माईजोगमाइ गाउपालिका को सहयोग माईजोगमाई  खेलकुद बिकास समिति को आयोजना तथा माईजोगमाई फुटबल क्लवको सह आयोजनामा गत मंसिर १२ गते देखि संञ्चालन भएको खेलको बुधबार फाईनल खेल सम्पन्न भएको हो फाईनल खेल माईजोगमाई खेलकुद बिकास समितिका अध्यक्ष प्रबिन राईको अध्यक्षता , माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यता  तथा गाउपालिका उपाध्यक्ष साबित्रा भट्टराई , प्रमुख प्रसासकीय अधिकृत चन्द्र प्रकाश बसनेत , जिल्ला खेलकुद बिकास समिति का पूर्व अध्यक्ष बिजय खम्बू , वार्ड नं का वडाध्यक्ष याम कुमार कार्की खेलप्रेमी , बुद्दीजिवि लगायतको उपस्थितमा फाईनल खेल सम्पन्न भएको हो ,

फाईनल खेलमा माईजोगमाई प्याङले  रेड डेविल्स नयाँबजार लाई  को बिरुद्ध गोल अन्तरले हराृदै उपाधी जितेको हो लमा  खेलको १९ मिनेटमा प्याङका जर्सी नम्बर ११ का सुदिप थेबेले गोल गर्दै खेल  अगाडि बढाएका थिए , त्यसपछि दोस्रो हाफको १५  मिनेटमा प्याङका जर्सी नं का सुदिन थेवेले अर्को गोल थपी खेल अझै रोमाञ्चक बनाए ,दोस्रो हाफको २४ मिनेटमा रेड डेविल्सका गोल किप्पर जर्सी नं ९९ का सुजन फागोले गोल गर्दै  खेल अगाडि बढाए , खेल समाप्त हुन केही समय रहदा खेलको दोस्रो हाफको ३५ मिनेटमा रेड डेविल्सका जर्सी नं का वसन्त गुरूङले गोल गरि खेललाई बराबरीमा पारेका हुन्

खेल ट्राईबेकरमा मोडिए पछि रेड डेविल्सले गोल मात्र गर्न सक्यो भने , माईजोगमाई प्याङले गोल गर्दै उपाधि जित्न सफल भएको हो   खेलको बिजेता  माईजोगमाई प्याङ ले  नगत लाख सहित २० तोला चादिको  माईजोगमाई रनिङ सिल्ड  साथै मेडल प्रमाण  पत्र प्राप्त  गरेको तेस्तै उपबिजेता रेड डेविल्स  नयाँबजारले  नगत ५० हजार सहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको साथै तेस्रो हुने माईजोगमाई नासालिङले नगत २५ हजारको साथमा  आकर्षक ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको ।।खेलको प्रत्यक्ष प्रसारण रेडियो फिक्कले गरेको थियो ।। यता समापन सत्रको प्रमुख अतिथी माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईले खेल क्षेत्रको विकासमा गाउपालिका कटिबद्ध रहेको प्रस्ट पार्दै गाउपालिकाले आगामी दिनमा पनि खेलकुद खेलाडीको हितमा काम गर्ने बताउनु भयो बालागुरु खेलमैदानमा फाईनल खेल सफलता पुर्वक समापन भए पछि रेडियो फिक्कल सगँको कुराकानीमा आयोजक माईजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविन राईले खेल आयोजनामा साथ दिने गाउपालिका खेल प्रेमि खेलाडी माईजोगमाई बासी इलामबासी आम दर्शक पत्रकार सबैमा धन्यवाद दिनु भयो सबैको मेहनतबाट खेल सफल भएको उहाँको भनाई सो प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो

 

फेसबूक