ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १८ जना को मृत्यु …. १७ जना घाइते ……

image not found

२८ मंसिर,

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।  घटनास्थलमा पुगेको प्रहरीले १७ जना घाइतेलाई उद्दार गरी खरानीटार स्वास्थ्य चौकीमा पठाएको छ । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए ।तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

 

फेसबूक