ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

र्योदयनगरपालिका खरको छाना मुत्त हुने । बिपन्न लाई जस्तापाता वितरण

image not found
सूर्योदयनगरपालिका खरको छाना मुत्त हुने । बिपन्न लाई  जस्तापाता वितरण‘‘ 
भावना न्यौपाने 
मसिंर  २९ फिक्कल 
सूर्योदयनगरपालिका क्षेत्रका बिपन्न नागरीकहरुलाई नगरले खरको छानाबाट टिनको छानामा रुपान्तरण गर्ने उदेश्यका साथ जस्तापाता वितरण गरेको छ । 
नगरका १४ वटा वडाका बिपन्न गरीव तथा निक्कै जिर्ण घरमा जिवनयापन गर्न बिवस जनताको घरलाई खरबाट टिनमा परिणत गर्दै नागरीकको जिवनयापान सहज बनाउने उदेश्यका नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घरधुरीलाई जस्तापाता वितरण गरेको हो । 
नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बिच बिपन्न नागरीकलाई जस्तापाता वितरण गरेको छ ।  नगरप्रमुख रणबहादुर राई , इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सीना , जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक माधव प्रसाद तिमसीना , नगर उपप्रमुख दुर्गा देवी भटटराई बिभिन्न वडाका  वाड अध्यक्षहरु कार्यपालिका सदस्यहरु प्रशासकिय अधिकृत खगेन्द्र बर्देवा लगायतको उपस्थीतिमा जस्तापाता हस्ताणतरण गरीएको हो । 
सबै वडामा गरीएको अध्ययन अनुसार नगरमा हाल सम्म खरको छाना भएको घरमा कष्टकर जिवन बिताउन बाध्य १ सय १९ घर धुरी रहेको  पाईएको छ । नगर कार्यपालिकाले नगरलाई खर अर्थात फुसको छाना भएको घर मुत्त पार्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नगरले जस्तापाता वितरण अभियानलाई तिब्रता दिएको छ । यसैविच पहिलो चरणमा यस आर्थिक बर्षमा क्रमश ६२ घर परिवारलाई जस्तापाता वितरण गर्ने नगरका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । 
नगरप्रमुख राईले आफुहरु नगरको बिभिन्न क्षेत्रमा जादा खरको छाना भएको घरमा कठिनरुपमा बसिरहेको देखेको छानाबाट पानी चुहिने भान्साको चुलो सम्म पानी चुहिने अवस्था देखेपछि अत्यन्तै दुख लागेको र के गर्न सकिन्छ भनेर परामर्ष गर्दा जस्ता पाता वितरण गर्ने निकर्षमा पुगेको जानकारी दिनु भयो । 
यसरी कष्टकर रुपमा बसोबार गर्दै आएका घरपरिवारलाई क्रमश जस्तापाता वितरण गर्दै लगिने नगर उपप्रमुख दुर्गा देवि भटटराईले जानकारी दिनुभयो । 
स्थानीय सरकारनै जनताको नजिकको सरकार भएकोले पनि स्थानीय सरकारले यसरी नागरीकलाई के आवस्यक छ हेरेर कार्य अघि बढाउनु अत्यन्तै राम्रो् कुरा भएकोले सूर्योदयनगरपालिकाको यस कार्य जनमुखी भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसीनाले बताउनुभयो ।
यता नगरपालिकाले यसरी जस्तापाता निशुल्क उपलब्ध गराएर आफुहरुको निक्कै उद्धार गरेको सूर्योदय गरपालिका  २ का दिल बहादुराईले बताउनु भयो ।  जस्तापाता पाईसकेपछि सूर्योदयनगरपालिका १२ का गंगाँ बहादुर राईले भन्नु भयो “ जिन्दगीनै यस्तै  खरको घरमा बित्छ जस्तो लागेको थियो । तर हाम्रो स्थानीय सरकारले हामीलाई सहयोग गरेर ठुलो गुण लगाएको छ यस प्रति म स्थानीय सरकारलाई धन्यवाद दिन चाहान्छु । ”
सूर्योदयन गरपालिका १२ का छबिलाल गौतमको पनि खुसीको सिमा नै थिएन उहाले नगरपालिकाले यसरी अनुदानमा जस्तापाता उपलब्ध गराएर आफुहरुमाथि न्याय गरेको बताउनु भयो । उहाँले  थप्नुभयो मानिसको मुख्य कुरा नै उसको घरहो घर राम्रो भए राम्रो सगँ बासबस्न सक्छ राम्रो बास बस्न सके सकरात्मक कुरा मनमा खेलाउदै थप उर्जाका साथ प्रगति गर्न सक्छ त्यसैले नगरपालिकाले आफुहरुको लागि गरेको यो सेवा अतुलनिय छ । ”
पहिलो चरणमा सूर्योदयनगरपालिका १ का पदम कुमार राई फुर्वा तामाङ्ग सूर्योदयनगरपालिका २ का दिलबहादुर राई सूर्योदयनगरपालिका  १२ का छविलाल गौतम गंगाबहादुर राई लगायत १४ घरपरिवारलाई आज जस्तापाता वितरण गरीएको छ ।  छनोटमा परेका सबैलाई क्रमशः जस्तापाता वितरण गर्दै लगिने वडा नम्बर ९ का अध्यक्ष तथा आर्थिक विकास समिति सयोंजक देबेन्द्र शर्माले जानकारी दिनुभयो  । 
नगरले पहिलो चरणमा घरको आकार अनुसार कति बन्डल जस्ता आवस्यक पर्छ हेरेर १ देखि ५ बन्डल सम्म जस्तापाता वितरण गरीएको नगरपालिकाका  वडानम्बर ११ का अध्यक्ष टेक बहादुर राई जानकारी दिनुभयो । 

फेसबूक