ताजा समाचार

स्थानीय समाचार

शसस्त्र प्रहरी बल द्धारा कन्याम क्षेत्रमा सरसफाई

पुष १ कन्याम 
शसस्त्र प्रहरी बल नेपाल आइतबारे सुरक्षा बेस क्याम्पले इलामको   सूर्योदयनगरपालिका  कन्याम क्षेत्रमा सरसफाई गरेको छ । 
स्थानीयबासी स्थानीय व्यवसायी, ,पर्यटन व्यवसायी   बिभिन्न संघ  संस्था शसस्त्र प्रहरी बल आइतबारे को टोली,  लगायतको सहभागितामा  सरसफाई कार्यक्रम सम्पन्न भएको हो  । 
सूर्योदय नगरपालिका वडा नम्बर ७ को संयोजकत्वमा  भएको  सरसफाई कार्यक्रममा सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खड्का ,शसस्त्र प्रहरी बल नेपाल शुरक्षा बेस आइतबारेका इन्चार्र्ज शसस्त्र प्रहरी निरिक्षक भोला खत्रि लगायत सरोकारवालाकोे उपस्थिति रहेको थियो ।
सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष खड्काले सकरात्मक कार्यको लागि शसस्त्र प्रहरीलाई धन्यवाद दिनुभयो ।  शसस्त्र प्रहरी निरिक्षक खत्रीले समाजसेवा तथा सकरात्मक  कार्यमा शसस्त्र प्रहरीको साथ  रहिरहने प्रष्ट पार्नु भयो । सकंलित फोहोर नगरपालिकाको गाडीमा लोड गरी पठाईएको छ ।  कन्याम क्षेत्र एक पर्यटकीय क्षेत्रहो जहाँ दैनिक हजारौ पर्यटकहरु आउने गर्छन । कन्यामको पर्यटकीय आकर्षणलाई मध्यनजर गर्दै सूर्योदयनगरपालिकाले  गुरुयोजनाका साथ कन्यामको विकासमा कदम चालिरहेको छ । गतसाल कन्याम क्षेत्रको मेचीराजमार्ग सडक खण्ड फराकीलो बनाउने उदेश्यका साथ सडक फराकीलो बनाएको छ । जसको कारण सवारी पार्किगँ गर्न सहजता मिलेको छ ।  

फेसबूक