ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

मेचि पर्यटन महोत्सव इलाम सदरमुकाममा सुरु

image not found
किरण पौड्याल
इलाम, ५ पुष  ः
 प्रदेश नं.१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुशियतले विगतमा राजनीतिक कारणले पर्यटनमा विकाश नभएपनि अबको दिनमा भने पर्यटन विकाशको सुनौलो दिन शुरू भएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउनुभएको छे । 
इलाम सदरमुकाममा आयोजना भएको मेची क्षेत्र पर्यटन महोत्सवको उद्घाटन शत्रमा बोल्दै मन्त्री कुशियतले अबको दिनमा पर्यटन विकाशका लागि प्रदेश नं.१ ले योजना बनाएर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
उहाँले प्रदेश नं. १ ले समृद्धिको आधार तय गरेको र त्यसको दोस्रो आधारमा पर्यटनलाई लिएको बताउनुभयो । उहाँले निजी र सरकारी दुबै क्षेत्रले प्रयत्न गर्न सकेमा मात्र पर्यटनमा विकाश गर्न सकिने बताउनुभयो ।
‘प्रकृतिले हामीलाई बरदान दिएको छ । त्यसको सदुपयोग गर्न सबै पक्ष लाग्नु पर्छ’ मन्त्री कुशियतले भन्नुभयो,‘अबको पर्यटन र विकाश गर्ने जिम्मा हाम्रो काँधमा आएको छ । त्यसैले हामी यसमा लागि परिरहेका छौं’
यस्तै प्रदेश नं.१ क सांसद रामबहादुर राना(मगर)ले कृषि, पर्यटन रर जलस्रोतलाई एकैसाथ विकाश गर्न सकेमा मात्र मुलुकमा विकाश हुने बताउनुभयो । उहाँले पर्यटनको 
‘प्याकेज’ बनाएर काम गर्नुपर्ने बताउनुभयो । सांसद रानाले इलामको पर्यटनलाई वनभोज क्षेत्रका रूपमा मात्र विकाश नगरि सबै पर्यटकीय क्षेत्रलाई समेटेर अघि बढ्नु पर्ने जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नं.१ क उद्योग बाणिज्य सङ्घका अध्यक्ष भगेश श्रेष्ठले प्रदेशका पर्यटकीय क्षेत्रलाई प्रदेशले कम बजेट छुट्याएको भन्दै गुनासो गर्नुभयो ।
कार्यक्रममा  प्रदेश नं.१ क होटल एशोशिएसनका अध्यक्ष भुपेन्द्र कटुवाल, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल लगायतले बोल्नुभएको थियो । 
महोत्सवमा शुरूमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राम्हण जातीका जातिय भेषभूषा र बाजागाजा सहित ¥याली निकालिएको थियो । ¥यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो । 
साविक मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरू भएको यो महोत्सव आजबाट शुरू भएर १६ गते सम्म चल्ने छ महोत्सवमा मेचिका पर्यटकीय क्षेत्रको प्रचार गर्दै चर्चित कलाकारको प्रस्तुति पनि रहने छ । 
 

फेसबूक