ताजा समाचार

स्थानीय समाचार

आदिबासी जनजाती महासघँ नगर समन्वय परिषदको प्रथम नगर अधिबेशन सूरु .

image not found

राज कुमार दहाल

पुष ८ इलाम

 नेपाल आदिबासी जनजाती महासघँ सूर्योदयनगरपालिका नगर समन्वय परिषद इलामको प्रथम नगर अधिबेशन आजदेखि सूरु भएको छ ।

पहिचान  र अधिकार सहितको आदिबासी जनजातीको अडान । अपुरो र अधुरो सबिंधान सम्सोधनको लागि हाम्रो साझा अभियान भन्ने नाराका साथ सू न पा ११ तीनघरेमा आज एक समहारोहका बिच उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

 नेपाल आदिबासी जनजाती महासघँ सूर्योदयनगरपालिका नगर समन्वय परिषद इलामका अध्यक्ष सोनाम योल्मो को अध्यक्षता तथा सूर्योदयनगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता ,नेपाल आदिबासी जनजाती महासघँ इलामका अध्यक्ष अभिषेक एक्तेनको बिशेष आतिथ्यता रहेको थियो ।

 कार्यक्रममा बिभिन्न जातिय सस्थाका अध्यक्ष तथा पदाधिकारीहरु सूर्योदयनगरपालिका ११ का अध्यक्ष टेक बहादुर राई , सूर्योदयनगरपालिका १० का अध्यक्ष पेमा उगेन लामा  नेकपाका प्रतिनिधि होम नाथ आचार्य,  नेपाली काग्रेसका प्रतिनिधि सोनामा छिरिङ काजी , सघिय समाजबादी फोरमका सूरेन्द्र मोत्तान करफोक बहुमुखि क्याम्पसका प्रमुख जहरसिहं राई रोङसेजुम्ठीका केन्द्रीय अध्यक्ष बिरबहादुर लेप्चा, नेपाल आदिबासी जनजाती महासघँ इलामका सचिव इश्वर लुङगेली, सहसचिव छत्रबहादुर लेप्चा सूर्योदय महिला मञ्चकी सचिव साधाना फागो  लगायत आदिबासी जनजाती समुदायको उल्लेखीय उपस्थीतिका बिच एतिहासीक प्रथम नगर अधिबेशन उद्घाटन भएको हो ।  सो क्रममा  बिभिन्न जातीय सस्थाहरुले आफनो जातीय झाकी प्रस्तुत गर्दा माहोल निक्कै रमाईलो भएको थियो ।

उद्घाटन सत्र अघि तीघरे बजारमा र्याली निकालीएको थियो । आदिबासी जनजाती अधिकार सम्बन्धी बिभिन्न नारालगाउदै तथा जातीय बाजागाजा बजाउदै जातीय पहिरणमा सजिएका आदिबासी जनजाती समुदायले र्यालीमा सहभागिता जनाउदै निक्कै आर्कषक दृश्य देखिएको थियो ।

कार्यक्रममा नेपाल आदिबासी जनजाती महासघँ सूर्योदयनगरपालिका नगर समन्वय परिषदकी उपाध्यक्ष अमृता राईले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा  सबै अतिथिहरुले शुभकामना मन्तब्य राख्नुहुदै भावी नेतृत्व सफल र सक्षम आओस भन्ने शुभकामना राख्नुभएको थियो । सबै बक्ताहरुले पहिचान सहितको सघियांता तथा अदिबासी जनजातीहरुको अधिकारको प्राप्तीका लागि सबै एकजुट बनेर लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा नगरप्रमुख राईले नेपाल आदिबासी जनजाती महासघँ सूर्योदयनगरपालिका नगर समन्वय परिषदसगँ नगरपालिका सहकार्य गरेर अघि बढन तत्पर रहेको बताउदै सफल नेतृत्वको लागी शुभकाना ब्यत्त गर्नु भयो । यस्तै नेपाल आदिबासी जनजाती महासघँ इलामका अध्यक्ष एकतेनले अदिबासी जनजातीहरुको हक अधिकार सुनिश्चित गर्न राज्यले कन्जुस्याई गर्न नहुनेमा जोड दिनु भयो । यसैबिच भोलीे फिक्कलमा बन्द सत्रलगायतका कार्यक्रम गर्दै नयाँ नेतृत्व चयन हुने अध्यक्ष सोनाम योल्मोले जानकारी दिनु भयो । अध्यक्ष योल्मोले आफनो कार्यकालमा साथ दिने सबैमा धन्यवाद  दिदै बन्द सत्रमा पनि सकृय सहभागिताको लागि आग्रह गर्नु भयो ।

 

फेसबूक