ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

देवनछापको तेश्रो साधारण सभा सम्पन्न

image not found
इलाम (इरौटार) पौष १४ 
रोङ 
देवनछापको तेश्रो साधारण सभा सम्पन्न
गाउपालिका सामाजिक बिकास समितिका सम्योजक एवं वडा नम्बर ५ का अध्यक्ष युवराज खाप्तुवा राईले मिठो बोली र नमस्कारको भरमा बित्तीय सस्था नछान्न अनुरोध गरेका छन् ।
‘आर्थिक स्थिती कमजोर भएको समुदायको लागि सहकारीताको .माध्यमबाट अवस्था सुधार गर्न सकिन्छ’ देवनछाप साना किसान सहकारी सस्था को तेश्रो साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै राइले भने, ‘लघुबित्तले घरबार बिगारेको अवस्थामा सहकारीको महत्व झन बडेको छ ।’ उनले सहकारीहरुले पनि गाउपालिका संग सहकार्य गरेर कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् । साधारण सभालाइ धाइजन साना किसान सहकारी सस्थाका अध्यक्ष डम्बरुबल्लभ अधिकारीले सहकारी सदस्यको आर्थिक समृध्दीको माध्यम बन्नु पर्ने बताए । उनले सहकारीहरुको किसानको हितमा कार्यक्रम बनाउनु पर्ने बताए । 
सस्थाका अध्यक्ष बमबहादुर सक्तेन राईको सभापतित्वमा सम्पन्न साधारण सभामा महिला नवप्रतिभा बहुउद्देश्यीय सहकारी सस्थाका ब्यवस्थापक उर्मिला पोखरेल, समाजसेवी गीता प्रसाद घिमिरे, सञ्चालक सदस्य कल्पना राइ लगायतले शुभकामना मन्तब्य राखेका थिए । ३ बर्ष अघि इलामको रोङ गाउपालिका ५ इरौटारमा स्थापना भएको देवनछाप साना किसान कृषि सहकारी सस्थामा हाल ३ सय ७८ जना शेयर सदस्य रहेका छन् । सस्थाको शेयर पूजी १४ लाख ११ हजार २ सय रुपैया रहेको छ भने ३ लाख ७१ हजार ७५० रुपैया  कर्जा लगानीमा रहेको सस्थाका प्रबन्धक खड्गकुमारी पुलामीले बताइन् । इलामको रोङ गाउपालिका भित्र कार्यालय रहेको २८ वटा सहकारी रहेको गाउपालिकाको तथ्याङकमा जनाइएको छ । साना किसान बिकास बैकले प्रबर्धन गरेको साना किसान कृषि सहकारी सस्था साबिक गाबिसहरुमा स्थापना भएको थियो । साबिक इरौटार कोल्बुङ र शान्तिपुर गाबिसमा एकैपटक साना किसान सहकारी सस्थाको स्थापना भएको हो ।
 देवनछाप साना किसान सहकारी कृषि सहकारी सस्थाको तेश्रो साधारण सभा सम्पन्न भएको छ । सभाले ९६ लाख ७४ हजार ३४४ रुपैयाको आर्थिक कारोबार पारित गर्नको साथै आगामी बर्षको लागि बार्षिक योजना पनि पारित गरेको छ । 
 

फेसबूक