ताजा समाचार

स्थानीय समाचार

‘नेतृत्व असल भए मात्र समुदायको बिकास हुने’

image not found
गणेश अर्याल
इलाम पौस १६
सामुदायिक बनको बिकासमा सही नेतृत्व र लगनशील कर्मचारीहरुको भुमिका महत्व पूर्ण हुने इलामको रोङ गाउपालिकामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सामुदायिक बिकास, गरिबी न्युनीकरण बनबिकास सामाजिक बिकास लगायतको काममा सामुदायिक बनले भुमिका खेल्नुपर्नेमा पनि सहभागीहरुले जोड दिए । दक्षिणी सेक्टर बन कार्यलय सुखानीका कर्मचारीहरुको बिदाइ कार्यक्रममा बोल्ने बक्ताहरुले पद र सस्थाको आढमा शक्तिको दुरुपयोग गर्न नहुनेमा पनि बिशेष जोड दिए । समुदायमा कर्मचारीले गरेको योगदानको कदर स्वरुप बिदाइ कार्यक्रममा गरिएको सम्मान ले प्रमाणित हुने रोङ गाउपालिका इलामका अध्यक्ष शम्सेर राईले बताए । दक्षिणी सेक्टर सुखानी इलामका सहायक बन अधिकृतहरु सेक्टर प्रमुख ऋतेश भुषण बस्नेत र हरीनारायण मण्डलको सरुवा भएको अवस्थामा रोङ ४ कालीटारको सुन्दार सामुदायिक बन उपभोक्ता समुहले एक कार्यक्रम गरी बिदाइ गरेको थियो । सो कार्यक्रमलाई रोङ गाउ कार्यपालिका सदस्य बिमला तामाङ, हडिया चुली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष ज्ञानबहादुर मगर, सिर्जना सामुदायिक बन धनसारका अध्यक्ष खुम्बा तामाङ, हासपोखरी इलाका बन कार्यालयका प्रमुख इन्द्रदेब यादब, सरुवा भइ जाने कर्मचारीहरु लगायतले बोलेका थिए । 
२०५५ सालमा स्थापना भएको सुन्दर सामुदायिक बनले सामाजिक उत्तरदायित्वको क्षेत्रमा उदाहरणीय कार्य गदै आएको छ । सामुदायिक बनले गरिबी न्युनीकरणको लागि बाख्रा पालन तथा उन्नत जातको बोयर बाख्राको बिउ बितरण गरेको छ । प्राकृतिक प्रकोप तथा अन्य बिपत्ती परेको अवस्थामा सुन्दर सामुदायिक बनले आर्थिक तथा भौतिक सहयोग समेत गर्दै आएको सामुदायिक बनका अध्यक्ष बलबहादुर तामाङले बताए । सामुदायिक बनले समाजको आर्थिक भौतिक रुपान्तरणमा गरेको योगदानको मुल्याङकन गदै रोङ गाउपालिकाले बिरिङ खोलाको ढुंगा निकासी कर उठाउनसो सामुदायिक बनलाई जिम्बेवारी दिएको गाउपालिका अध्यक्ष राईले बताए । १ सय २० घर उपभोक्ता रहेको सुन्दर सामुदायिक बन १ सय ४५ हेक्टरमा फैलिएको सामुदायिक बन उपभोक्ता समुहका सल्लाहकार सदस्य मेहरमान तामाङले बताए । अतिक्रमण भएको १० रोपनी बढी क्षेत्रमा यस बर्ष तारबार सहितको बृक्षारोपण समेत भएको छ । सामुदायिक बनले बिद्यालय प्रहरी चौकी लगायतको संघ सस्थालाइ समेत सहयोग गदै आएको छ ।  

फेसबूक