ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

लगानी सम्मेलनको तयारी पूरा, प्रधानमन्त्री अभिनन्दित हुँदै

किरण पौड्याल
इलाम, १९ पुष  ःआन्तरिक लगानी बढाउनका साथै जिल्लाका लगानी योग्य क्षेत्रको प्रवद्र्धन गर्न भोलि यहाँ लगानी सम्मेलन हुदैछ । इलाम नगरपालिकाको आयोजनामा हुने सम्मेलनमा देशका एक सय भन्दा बढी लगानीकर्ताको उपस्थिति रहने छ । भने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । 
जिल्लामा भएका कृषि, जडीबुटीलागयतका शीर्षकमा लगानी गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने र लगानी गरेमा विशेष छुट समेत दिइने जनाएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतका अनुसार  जिल्लामा उत्पादन हुने कृषिका कच्चा पदार्थलाई जिल्ला भित्रै प्रशोधन गर्न र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको जनाइएको छ । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा सम्मेलनमा लाने तयारी गर्दैछ ।  लगानी सम्मेलनका लागि सबै तयारी सकिएको नगरपालिकाले जनाएको छ । 
प्रधानमन्त्री अभिनन्दित हुँदै
राष्ट्र निर्माणमा राम्रो भूमिका निर्वाह गरेको भन्दै इलाम नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दित गर्ने भएको छ । नगरले प्रधानमन्त्रीलाई जिल्लाको विकास निर्माणमा समेत मुख्य भूमिका निर्बाह गरेको भन्दै अभिनन्दित गर्न खोजेको नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

काङ्ग्रेसद्वारा विरोध

प्रधानमन्त्रीलाई अभिनन्दित गर्ने प्रति नेपाली कांग्रेसले भने विरोध जनाएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसममितिले विज्ञप्ती मार्फत राजनीतिक स्वार्थ पूरा गर्न प्रधानमन्त्रीलाई अभिनन्दन गर्न लागिएको जनाएको छ । । पार्टी जिल्ला सभापति हिमालय कर्माचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टाचार वृद्धि भएका बेला प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुले जिल्लाबासीको भावना कदर नहुने उल्लेख छ ।

इलामको सुरक्षा व्यवस्था कडा

डा. गोविन्द केसी अनशनका लागि भन्दै इलाम आएसँगै इलामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । तर, केसीले सात दिनका लागि अनशन नबस्ने खुलासा गरेपनि भोलिको प्रधानमन्त्रीको सुरक्षालाई लिएर यहाँको सुरक्षा कडा गरिएको छ । 
जिल्लाका सबै गाउँ तथा शहरी क्षेत्रमा नेपाली प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ भने इलाम सदरमुकामको नागरिक सम्मेलन हुने स्थानमा भने प्रहरीले बिशेष निगरानी राखेको छ । जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी टङ्क भट्टराईले सुरक्षाकर्मीले तीन दिन यता जिल्लाको सबै क्षेत्रमा कडा सुरक्षा गर्दै रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको कार्यक्रमलाई सफल बनाउनका लागि सबै ठाउँ प्रहरी परिचालित गरेको र जिल्ला बाहिरबाट समेत प्रहरी जिल्लामा खटाएको भट्टराईको भनाइ छ । 
 

फेसबूक