ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

प्रधान मन्त्रिले मोटरबाटो शिल्यान्यास गर्ने

गणेश साम्पाङ÷रबि पाँचथर 
  धनकुटाको भेडेटार देखि छ न बुधबारे पाँचथरको रबि हुदै राकेभञ्ज्याङ जोड्ने एक सय किलोमिटर लामो क्षेत्रिय लोकमार्गको प्रधान मन्त्रि केपी शर्मा ओलीले शुक्रबार बिहान पाँचथरको रबिमा शिलान्यास गर्नु हुने भएको छ  ।
   मोटरबाटो ओपनिङ भएको तीन दशक पछि सो मोटरबाटो एजिम बैंक अफ इण्डियाको ८७ प्रतिशत र नेपाल सरकारको १३ प्रतिशत लगानीमा निमार्ण हुन लागेको छ । एक सय किलोािटर सो मोटरबाटो २ करोड ८८ लाख ८२ हजार अमेरिकी डलरमा कालोपत्रे गर्न एपको इन्फ्राटेक प्रालि लखनउ भारत सित सम्झौता भइ सकेको नेम्बाङले बताउनु भयो । तीन बर्षमा निमार्ण सम्पन्न हुने सो मोटरबाटोले धनकुटा पाँचथर र इलाम जिल्लाको ५ लाख जनतालाई प्रत्यक्ष्ाँ सुबिधा पु¥याउने छ । मोटर बाटो उद्घाटन कार्यक्रममा प्रधान ओली आवाष तथा भौतिक योजना मन्त्रि रघुबिर महासेठ उर्जा मन्त्रि बर्षमान पुन पाँचथरका प्रदेश न १ का मुख्य मन्त्रि शेरधन राई आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङबो लगायतको उपस्थिती रहने नेम्बाङले बताउनु भयो । 

फेसबूक