ताजा समाचार

राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार

नेपालले आफ्नो पहिलो भू–उपग्रह प्रक्षेपण गर्दै

आउँदो वैशाखमा नेपालले आफ्नो पहिलो भूउपग्रह प्रक्षेपण गर्दैछ।बड् थ्रीनामको यो भू-उपग्रहले नेपालका विभिन्न ठाउँका तस्बिर संकलन गर्नुका साथै हिमाल, पहाड, तराई, वनपाखा, हिमनदी बाढीसम्बन्धी सूचना प्रवाह गर्नेछ।

हालसम्म भाडाका भूउपग्रहबाट सूचना लिँदै आएको नेपालको निम्ति यो खुसीको खबर हो।

जहाँ एकातिर हामी आफ्नो पहिलो भू-उपग्रह प्रक्षेपण हुन लागेको खबरले उत्साहित छौं, त्यहीँ अन्तरिक्ष अनुसन्धानसम्बन्धी अमेरिकी संस्था 'नासा' ले आफ्नो अन्तरिक्षयान 'न्यू होराइजन्स' लाई सौर्यमण्डलबाट बाहिर पठाउन सफल भएको छ।

अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा न्यू होराइजन्सले पृथ्वीबाट साढे अर्ब किलोमिटर टाढा पुगेर पहिलोपटक त्यहाँको तस्बिर पठाएको नासाले जनाएको छ। यो अन्तरिक्षयान सौर्यमण्डलभन्दा बाहिर रहेको 'अल्टिमा टुली' नामक बरफको पिण्डनजिक पुगेको हो।

पृथ्वीबाट यति टाढा पुग्न सफल यो पहिलो अन्तरिक्षयान हो। यसबाट सौर्यमण्डल बाहिर रहेको अल्टिमा टुलीका थुप्रै तस्बिर जानकारी प्राप्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अल्टिमा टुली भनेको सौर्यमण्डल बाहिर रहेको 'काइपर क्षेत्र' मा पर्ने लाखौं बरफका पिण्डमध्ये एक हो। यी पिण्डले पनि निरन्तर सूर्यको परिक्रमा गर्छन्। यसबाट सौर्यमण्डल उत्पत्तिको इतिहास बुझ्न सकिने वैज्ञानिकहरूको भनाइ छ।

सूर्यबाट सबभन्दा टाढाको आठौं ग्रह बरूण (नेप्चुन) हो। अल्टिमा टुली यो ग्रहबाट पनि अर्ब किलोमिटर पर छ। पहिले सौर्यमण्डलको एक ग्रह मानिएको यम (प्लुटो) भन्दा यो डेढ अर्ब किलोमिटर टाढा छ।

न्यू होराइजन्स सन् २०१५ मा यमनजिक पुगेको थियो। त्यहाँबाट अल्टिमा टुलीसम्मको यात्रा तय गर्न थप तीन वर्ष लाग्यो। 

फेसबूक