ताजा समाचार

स्थानीय समाचार

शंकर, शान्ति र शारदा क्रमश पहिलो दोश्रो र तेश्रो भए ।

image not found

गणेश अर्याल

इलाम(कुटिडाँडा) माघ २०

इलामको रोङ गाउपालिका ३ मा नवज्योति बाल सन्जालले आयोजना गरेको अन्तर आधारभूत तहको हाजिरी जवाफ प्रतियोगितामा शंकर आधारभूत बिद्यालय मार्से बिजयी भएको छ ।

शान्ति निकेतन माध्यमिक बिद्यालय रहेको कोपिला बाल क्लबले सम्योजन गरेको हाजिरीजवाफ प्रतियोगितामा शान्ति निकेतन माबि दोश्रो र शारदा आधारभूत बिद्यालय तेश्रो भएको छ । गाउपालिकाको ३ नम्बर वडा भरीको बालबालिकाको साझा सस्थाको रुपमा रहेको नवज्योति बाल क्लबले बिभिन्न कार्यक्रम हरु गदै आएको छ । सो क्लबले नृत्य प्रतियोगिता बालबालिकाको प्रतिभा प्रस्फूटन हुने अन्य कार्यक्रम पनि गदै आएको शिक्षक भूपाल खड्काले बताए । शान्ति निकेतन माध्यमिक बिद्यालयक कुुटिडाँडामा सम्पन्न सो प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने बिद्यायका सहभागिहरुलाइ करुणा फाउण्ड्शन नेपालको रोङ गाउपालिका सम्योजक दिपा कार्कीले पुरस्कार प्रदान गरेकी थिइन् ।

यसै बिच सोही अवसरमा शान्ति निकेतन माध्यमिक बिद्यालयमा हरेक महिना हुने बितरण गरिने बिभिन्न पुरस्कारहरु पनि बितरण गरिएको छ । महिना भरी प्रार्थना लाइनमा हुने बिभिन्न कार्यक्रमका उत्कृष्ठ हुने बिद्यार्थीहरुलाइ बिद्यालयले पुरस्कृत गरेको हो । पौष महिना भरी उत्कृष्ठ समाचार संकलन र प्रस्तुतीमा कक्षा ११ की सबिना लाप्चा, प्रतिबेदन लेखन र प्रस्तुतीमा कक्षा ८ की प्रश्ना राई तथा कक्षा १० का दिप आचार्य आजको बिचारमा पुरस्कृत भएका छन्् । त्यसैगरी प्रार्थना लाइनमा हुने हाजिरी जवाफ प्रतियोगितामा धेरै वटा प्रश्नको सही जवाफ दिने कक्षा ६ की सलिना गुरुङ, हाजिरी जवाफ प्रतियोगिता कुशलता पुर्बक सञ्चालन गर्ने निश्चल सुबेदी तथा आश्चार्यजनक सत्यहरु संकलन गरेर प्रस्तुती गर्ने सरिता राई पुरस्कृत भएको प्रधानाध्यापक हिम्मेश्वर प्रसाद यादबले बताए । बिद्यालयमा हरेक दिन बिहान साढे ९ बजे सुरु हुने प्रार्थना लाइनमा बिभिन्न बिधामा बिद्यार्थीहरुले प्रस्तुती प्रदर्शन गर्दछन् । बिद्यालयले बिद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न हरेक महिना यसरी पुरस्कृत गर्ने गरेको प्रधानाध्यापक यादबको भनाइ छ । बिद्यालयले हिउदे जाडो बिदा गर्ने भएकाले पौष महिनाको पुरस्कार बिदा हुने दिन अथवा शुक्रबार बाल सञ्जालको कार्यक्रमकै अवसरमा बितरण गरेको हो ।

 

फेसबूक