ताजा समाचार

स्वास्थ्य

निरोगी यसरी बन्न सकिन्छ ।

image not found

स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै मतलव हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छ तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।

 

त्यसैले राम्रो स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छ । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाच्न सक्छन् ।

दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । तलको ६ काममा सावधानी अपनाउन सके तपाइँ आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ अनि लामो समय सम्म जवान बन्न सक्नुहुन्छ -
१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मल-मूलको वेग रोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।
आदतले उमेर घटाउने गर्दछ ।
१. खान-पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
 

फेसबूक