लगानी आकर्षण एव व्यावसायिक वातावरण निर्माणका लागि अन्तक्रिया कार्यक्रम

सूर्योदय नगरपालिकाको सभा हलमा आज सरोकारवालाहरुको उपस्थितीमा एक दिवासीय लगानी आकर्षण एव व्यावसायिक वातावरण निर्माणका लागि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया  कार्यक्रममा सूर्योदय नगर भित्र रहेका विभिन्न व्यवासय, पर्यटन, उद्योग सम्बन्धी अवसर र चुनौतीको विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो। सूर्योदय नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष,  पर्यटन व्यवसायी, कृषक, चिया उद्योगका प्रतिनिधी, दुग्ध व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधी, होम स्टे सञ्चालक लगायत सूर्योदय नगरपालिकामा सञ्चालनमा रहेको बैकका प्रमुखहरूको उपस्थितिमा संञ्चालन भएको अन्तरक्रियामा विषयगत रूपमा व्यवसायको चुनौती र अवसरका बारेमा आ-आफ्नो धारण तथा सुभाव राखेका थिए । उक्त कार्यक्रमलाई नगरका प्रमुख रण बहादुर राई उपप्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एंव वडा नं ९ का वडा अध्यक्ष देवेन्द्र शर्माले संञ्चालन गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै