दोस्रो चरणको खेल शुरू

फिक्कल : इलामको सूर्योदयनगरपालिका वडा न ९ को इडेन भ्याली कल्व सुदुङ्ग को आयोजनामा जारी इडेन भ्याली कप खुल्ला लाते भकुण्डो प्रतियोगितामा आज दुई खेल भएको छ । आजबाट दोस्रो चरणको खेल सुरु भएको प्रतियोगितामा पहिलो खेलमा युनाईटेड माझगाउँलाई  १ को बिरुद्ध ५ गोल अन्तरले हराउदै  आयोजक इडेन भ्याली कल्व बिजयी भएको हो । दोस्रो खेलमा हसिना फुटबल स्पोटिङग कल्वलाई १ को बिरुद्ध ४ गोल गर्दै समृद्धि फुटबल कल्व सूर्योदयनगरपालिका ९ रम्फोक बिजयी भएको छ । 
दैनिक हाउसी लगायतको खेल पनि भईरहेको प्रतियोगितामा आगामी माघ १ गते बिभिन्न कलाकारहरुको गायन  नृत्य लगायतको कार्यक्रम सहित बिशेष कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष बिमल प्रधानले जानकारी दिनु भयो । 
बिजेताले १ लाख ११ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र पाउने र उपबिजेताले नगद ६१ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताको फाईनल आगामी माघ ८ गते हुने आयोजक समितिका सचिव ज्ञानेन्द्र गुरुगँले जानकारी दिनु भयो । 
भोलि पनि दुई खेल हुनेछ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै